२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनी र गण्डकीका मुख्यमन्त्रीसहित अन्तरप्रदेश समन्वय बैठक बस्दै



अ+ अ-

रामपुर । पाल्पाको ऐतिहासिक तथा पर्यटकीयस्थल रानीमहलमा आज अन्तरप्रदेश समन्वय बैठक बस्दैछ । लुम्बिनी र गण्डकी प्रदेशका मुख्यमन्त्रीसहितको अन्तरप्रदेश समन्वय बैठक यहाँ बस्न लागेको हो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेयलगायत प्रदेशका मन्त्री, मुख्यसचिव, सचिवलगायत कर्मचारीको अन्तरप्रदेश समन्वय बैठकमा सहभागिता रहनेछ । कालीगण्डकी नदीको तटमा अवस्थित रानीमहल दरबारमा दुई प्रदेशका मुख्यमन्त्रीसहितको बैठकमा लुम्बिनी र गण्डकी प्रदेशका भावी योजनाबारे विस्तृत गहन छलफल हुनेछ ।

कालीगण्डकी नदीले लुम्बिनी र गण्डकी प्रदेशलाई जोडेकाले दुई प्रदेशको पर्यटन प्रवर्द्धन, अन्तरप्रदेश व्यापार, व्यवसायलगायत क्षेत्रमा महत्वपूर्ण प्रभाव पार्ने भएकाले यहाँ बस्ने बैठकलाई विशेष चासोका रूपमा हेरिएको तानसेन–१३ का वडाध्यक्ष टुकप्रसाद भट्टराईले बताउनुभयो । विशिष्ट व्यक्तिको उपस्थितिले नदी वारिपारिका क्षेत्रको समृद्धि र विकासका साझा सरोकारका विषयमा महत्वपूर्ण विषय उठान हुने सरोकार भएकाको अपेक्षा छ ।

नेपालको ताजमहलका रूपमा चिनिने पाल्पाको रानीमहल दरबार जिल्ला सदरमुकाम तानसेनबाट करिब १३ किलोमिटर उत्तरमा अवस्थित छ । करिब ११ रोपनी क्षेत्रफलमा रहेको नेपालको रानीमहलमा २४ कोठा छन् । यसको परिसरमा मनमोहक बगैँचा, शिवलालय, पानीपोखरी, शिवलिङ्गमा नागनागिनीले जल शेचनको दृश्य, भान्साघर, घोडा बाँध्ने तबेला ठूला घण्टसहितको विभिन्न आकर्षक कलाकृतिहरू देख्न सकिन्छ ।

तानसेन नगरपालिका–१३ मा रहेको रानीमहलमा सबै उमेर समूहका पर्यटक घुम्न जाने गर्दछन् । अहिले यस क्षेत्रमा होटल तथा रिसोर्ट खुल्ने क्रम बढ्दै गएको छ । रानीमहल दरबारलाई नियाल्दै कालीगण्डकी नदीमा जलयात्रा गर्ने अवसर रहेकाले पनि पर्यटकहरू अवलोकन गर्न पुग्दछन् ।

विसं १९५० मा पाल्पा गौँडाका तैनाथवाला प्रधानसेनापति खड्ग शमशेरले आफ्नी दिवङ्गत रानी तेजकुमारीको सम्झनामा रानीमहल निर्माण गरेका थिए । तानसेन नगरपालिकाको बौघागुम्हा र वगनासकाली गाउँपालिकाको खानीगाउँको बीचमा अवस्थित रानीमहल युवापुस्ताको पहिलो रोजाइमा पर्ने गरेको छ । विसं १९५० मा शिलान्यास गरी १९५४ मा कालीगण्डकी नदीको चट्टानमाथि पश्चिमी कला कौशलको बेजोड नमूनाले सिँगारेर बनाइएको छ ।

यहाँ एक्लै रात बिताउँदा खड्ग समशेर कहिलेकहिले आफ्नी दिवङ्गत रानीलाई सम्झँदै भावविह्वल हुँदै मध्यरातमा रुँदै चिच्याउँथे भन्ने पनि गरिन्छ । विसं १९६० मा खड्ग शमशेरले श्री ३ को पद र उपत्यका कब्जा गर्ने षड्यन्त्र ग¥यो भन्ने श्री ३ चन्द्र समशेरले थाहा पाएपछि चन्द्रशमसेरले सेना पठाएर तैनाथी आफ्नो हातमा लिएका थिए । आफूमाथि खतराको घण्टी बज्ने लक्षण देखा परेपछि सरकारी ढुकुटी लिएर उनी भारत पलायन भएका थिए । त्यसै दिनदेखि प्रेमको प्रतीक ठानिएको दरबार आजसम्म एक्लो अवस्थामा रहेको छ । कालीनदीको चट्टामाथि बनेको हुँदा पनि यस दरबारले सबैलाई आकर्षित गर्दछ । रासस