१७ असार २०८३, बुधबार
,
Latest
हवाई इन्धन सस्तो भएसँगै आन्तरिक उडानको भाडा घट्यो, नयाँ दर आजैदेखि लागू राष्ट्रिय ध्वजावाहकको पुनर्जागरणका लागि सबै इमान्दार बनौँः मन्त्री पौडेल १०० दिनमा उद्योग मन्त्रालयका उपलब्धि सार्वजनिक, प्रधानमन्त्री कार्यालयमा प्रगति विवरण पेस ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्न मिल्ने सुविधा, लगइन नगरि सेकेन्डभरमै… ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्न मिल्ने सुविधा नेपाल कानुन समाजका लेखा प्रमुख गणेशमान प्रधानलाई पत्नी शोक शान्ति बाटिकामा रहेका संरचना तत्काल हटाउन कार्यवाहक प्रमुख डंगोलको निर्देशन रास्वपाका तीन केन्द्रीय आयोगमा पदाधिकारी मनोनयन विदेशस्थित जनसम्पर्क समितिलाई कांग्रेस निर्वाचन समितिको निर्देशन, प्रतिनिधिको उपस्थितिमै महाधिवेशन गर्नुपर्ने पेट्रोलियम पदार्थ सस्तो भएपछि सुरक्षा निकायका पम्पमा उपभोक्ताको भीड, निजी पम्प बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना संक्रमणबाट टिप्पर चालकको मृत्यु



अ+ अ-

बाँके । बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। मंगलबार अर्घाखाँचीको सितगंगा नगरपालिका वडा नं. १२ निवासी ४२ वर्षीय पुरूषको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको हो।

बाँकेका जिल्ला कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार मृतक व्यक्ति पेशाले टिपर चालक थिए।

उनी साउन २७ गते टिपर दुर्घटनामा घाइते भएपछि युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचारका लागि भर्ना गरिदा स्वास्थ्यमा समस्या आएपछि कोरोना आशंका लागेर भदौ ४ गते स्वाब संकलन भएको र भदौ ५ गते उनको रिपोर्ट पोजेटिभ आएको फोकल पर्सन श्रेष्ठले जानकारी दिए।

त्यसपछि युनिभर्सल मेडिकल कलेज भैरहवाले भीम अस्पताल भैरहवामा रिफर गरेपछि भदौ ५ गतेदेखि ९ गतेसम्म उपचार भएको थियो।

त्यहाँ केही सुधार भएपछि भदौ ११ गते बिहान भीम अस्पतालले नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा थप उपचारका लागि रिफर गरेको श्रेष्ठले जानकारी दिए।

बिरामीको अवस्थामा सुधार नआएपछि त्यही उपचारका क्रममा उनको मंगलबार बिहान मृत्यु भएको श्रेष्ठले बताए। 

योसँगै बाँकेमा कोरोना संक्रमित ८ जनाको मृत्यु भएको श्रेष्ठले बताए ।




भर्खरै