२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलवायु उत्तरदायी बजेट २० प्रतिशत पुर्‍याइने



अ+ अ-

काठमाडौँ । राष्ट्रिय योजना आयोगले जलवायु उत्तरदायी बजेटलाई २० प्रतिशत पुर्याउने गरी काम गर्न सबै तहका सरकारलाई सुझाव दिएको छ ।

आगामी आर्थिक वर्षको बजेट तयारीको पूर्वसन्ध्यामा आयोगले सबै तहका सरकारलाई पत्राचार गरी १६ औँ योजनामा उल्लेखित हरित तथा जलवायुमैत्री विकासको लक्ष्य हासिल गर्न सबै नीति, रणनीति र बजेटलाई जलवायु उत्तरदायी बनाउन ध्यानाकर्षण गराएको छ । पछिल्ला दिनहरुमा जलवायुजन्य विपद्का घटना बढ्दै गएको तथा कतिपय विकासहरु विपद्का कारक बन्ने गरेको स्मरण गर्दै आयोगले विकास निर्माणलाई जलवायुमैत्री बनाउन भनेको छ । आयोगले १६ औँ योजनाका रुपातरणकारी क्षेत्र, विषयक्षेत्र एवं कार्यक्रमहरुमा समन्वयात्मक अतिरिक्त लाभ सिर्जना गर्नेगरी कार्य गर्न भनेको छ ।

आयोगका सचिव मधुकुमार मरासिनीले १६ औँ योजनामा हरित तथा जलवायुमैत्री विकासलाई प्राथमिकतामा राखिएकाले योजना कार्यान्वयनको पहिलो वर्षदेखि नै तीन वटै तहका सरकारका बजेट, नीति तथा रणनीतिमा त्यसको प्रभाव देखिने गरी काम हुने विश्वास आयोगले लिएको बताउनु भयो । उहाँले भन्नुभयो ‘जलवायु परिवर्तनको विषय संघीय सरकारको विषय मात्रै होइन । त्यसैले १६ औँ योजना कार्यान्वययनमा सबै तहका सरकारहरु जलवायु उत्तरदायी हुनुप¥यो । १६ औँ योजना कार्यान्वयनको पहिलो वर्ष पनि भएको र जलवायु परिवर्तनको विषय क्रस कटिङ भएकाले केन्द्रित तहसँगै तल्लो तहसम्म समान बुझाई हुन आवश्यक छ । हाम्रा विकासका प्रयासले प्रकृतिको संरक्षण गर्दै दिगो विकास हासिल गरोस् । हामीले १६ औँ योजना अवधिभरमा अथवा अन्तिम वर्ष सम्ममा जलवायु उत्तरदायी बजेटलाई २० प्रतिशत पु¥याउने भनेर प्रतिवद्धता गरेका छौँ । सबैभन्दा ठूलो कुरा अपनत्व ग्रहण गर्ने विषय हो । हामीले जलवायु परिवर्तन र जलवायुमैत्री पुर्वाधार निर्माणका विषयमा बुझाउनु जरुरी छ । विगतमा पूर्वाधारमा लगानी बढाउनुपर्ने थियो । तर आज तिनै पूर्वाधार विपद्को कारक बनेका छन् । हामीले गर्ने विकास अब जलवायुमैत्री हुनुपर्छ र हाम्रा विकास निर्माणका बजेट जलवायु उत्तरदायी हुनुपर्छ । ’

आयोगले अहिले १६ औँ योजनाको कार्यान्वयन कार्ययोजना बनाइरहेको छ । आयोगको कार्यायोजनामा जलवायु परिवर्तन अनुकुलन, प्रदूषण नियन्त्रण, विपद् जोखिम न्युनिकरण तथा कार्बन न्युनिकरणका लागि आन्तरिक र वाह्य लगानी केन्द्रित गर्नुको साथै राष्ट्रिय अनुकुलन योजना तथा स्थानीय अनुकुलन कार्य योजना कार्यान्वयन गर्दै नेपालको विकास गतिविधिलाई कार्बन न्युनिकरण लक्ष्यतर्फ उन्मुख गरिने उल्लेख छ । त्यसैगरी विकसित मुलुक तथा विकास साझेदारहरूले जलवायु परिवर्तनको क्षेत्रमा प्रश्ताव गरेका विकास सहायता प्राप्त गर्न कुटनीतिक संवाद, सहमति, र सम्झौताहरू अघि बढाउने गरी काम गरिने पनि सचिव मरासिनीले बताउनु भयो । उहाँले अन्तर्राष्ट्रिय जलवायु कोष, कार्बन व्यापार, निजी क्षेत्र तथा विकास साझेदारहरूको सहयोग बिस्तार गर्न पहल गरिने बताउनु भयो ।