२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

फागुन महिनामा १८ वाणिज्य बैंकहरुको ब्याजदर स्थिर



अ+ अ-

काठमाडौं । फागुन महिनाका लागि वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर सार्वजनिक गरेका छन् ।

फागुन १ गतेदेखि लागू हुनेगरि सार्वजनिक गरिएको नयाँ ब्याजदर अनुसार अधिकांश वाणिज्य बैंकहरुले माघ महिनाको ब्याजदरलाई निरन्तरता दिएका छन् । समग्रमा व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर माघ र फागुनको बराबर छ ।

फागुनमा २० वाणिज्य बैंकमध्ये १८ बैंकले माघकै ब्याजदरलाई निरन्तरता दिएका छन् । यस्तै, ग्लोबल आईएमई बैंकको ब्याजदर बढाएको छ भने लक्ष्मी सनराइजको घटाएको छ ।

बैंकहरूले फागुन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम औसत ब्याजदर ६.० प्रतिशत छ । यस महिनाका लागि एनएमबी र एनआईसी एसियाको सबैभन्दा धेरै ६.६ प्रतिशत छ ।

फागुनमा सिटिजन्स, नबिल, कुमारी, माछापुच्छ्रे, सिद्धार्थ, एभरेष्ट, राष्ट्रिय वाणिज्य बैंक, सानिमा, प्रभु, प्राइम कमर्सियल, स्ट्यान्डर्ड चार्टर्ड, हिमालयन, नेपाल इन्भेष्टमेन्ट मेगा, एनएमबि, कृषि विकास, नेपाल र एनआइसी एशिया बैंकले माघकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।