७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेसपा नयाँ शक्तिको मतगणना १० बजेदेखि सुरू हुने



अ+ अ-

काठमाडौँ। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना बुधबार बिहान १० बजेदेखि सुरू हुने भएको छ।

पार्टी प्रवक्ता कृष्ण शर्माका अनुसार मंगलबार राति अबेरसम्म मतदान भएको थियो। मतदान राति सकिएकाले मतगणना बिहान १० बजेदेखि गर्न लागिएको उनले बताए।

नेसपाले जारी महाधिवेशनबाट ११ पदाधिकारीसहित ९९ सदस्यीय केन्द्रीय कमिटीको टुंगो लगाउन निर्वाचन गरेको थियो। अध्यक्षमा डा. बाबुराम भट्टराई र नेत्र चापागाईं प्रतिस्पर्धामा छन् ।

महिला र दलित उपाध्यक्षमा क्रमशः मानुषी यमी भट्टराई र दुर्गा सोब, कोषाध्यक्षमा हरि रिजलासँगै १७ केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् ।