२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति
तपाईं के खोज्दै हुनुहुन्छ ?

खुकुरी प्रहार गरेर ८ महिने नाति र हजुरआमाको हत्या



अ+ अ-

रुकुम पूर्व। रुकुम पूर्वमा आठ महिने नाबालकसहित दुई जनाको हत्या भएको छ। भूमे गाउँपालिका–४ को साकिम भन्ने ठाउँमा मंगलबार आठ महिने नाबालकसहित दुई जनाको हत्या भएको अवस्थामा शव फेला परेको हो।

साकिम गाउँका ६० वर्षीया ढाटी बुढा र उहाँका नाति आठ महिनाका समिर बुढालाई खुकुरी प्रहार गरी हत्या गरेर फरार रहेका भनिएका अन्दाजी ५१ वषीय चन्द्रसिंह पुन मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक (डीएसपी) माधवराज खरेलका अनुसार हिजो दिउँसो पुनले घरमै पुगेर हजुरआमा र नातिको हत्या गरी फरार भएका थिए ।

खरेलका अनुसार दुवै जनाको खुकुरी प्रहार गरेर हत्या गरिएको छ। स्थानीयले घटनाको बारेमा जानकारी गराएपश्चात् प्रहरी घटनास्थलमा पुगेको थियो। घटनास्थल पुग्दा दुवै जना मृत अवस्थामा फेला परेको उनले जानकारी दिए। घटनामा संलग्न ५१ वर्षीय चन्द्रसिंह पुनको पनि मृत्यु भएको छ।

हत्या गरेर भाग्ने क्रममा भीरबाट खसेर सोही वडाको खुलखुले खोलामा उनको शव फेला परेको प्रहरीले जानकारी दिए।