१७ असार २०८३, बुधबार
,
Latest
सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन हवाई इन्धन सस्तो भएसँगै आन्तरिक उडानको भाडा घट्यो, नयाँ दर आजैदेखि लागू राष्ट्रिय ध्वजावाहकको पुनर्जागरणका लागि सबै इमान्दार बनौँः मन्त्री पौडेल १०० दिनमा उद्योग मन्त्रालयका उपलब्धि सार्वजनिक, प्रधानमन्त्री कार्यालयमा प्रगति विवरण पेस ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्न मिल्ने सुविधा, लगइन नगरि सेकेन्डभरमै… ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्न मिल्ने सुविधा नेपाल कानुन समाजका लेखा प्रमुख गणेशमान प्रधानलाई पत्नी शोक शान्ति बाटिकामा रहेका संरचना तत्काल हटाउन कार्यवाहक प्रमुख डंगोलको निर्देशन रास्वपाका तीन केन्द्रीय आयोगमा पदाधिकारी मनोनयन विदेशस्थित जनसम्पर्क समितिलाई कांग्रेस निर्वाचन समितिको निर्देशन, प्रतिनिधिको उपस्थितिमै महाधिवेशन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कौसीमा फल्न थाल्यो ड्रागन फ्रुट



अ+ अ-

काठमाडौं । तिव्र गतिमा बढीरहेको शहरीकरणले काठमाडौं उपत्यकामा खेतियोग्य जमिनको हिस्सा कम हुँदै गएको छ । उत्पादनका हिसाबले उर्भर भूमि मानिने उपत्यका अहिले कंक्रिटका घरहरुले भरिएको छ । तर उर्जाशिल किसानहरुले यहि कंक्रिटको राजधानीमा घरको छत र कौसीमा फलफुल र तरकारी उत्पादन गरेर राम्रो आम्दानी गरिरहेका छन । 

पछिल्लो समय कोरोना भाइरसले आक्रान्त बनाएको काठमाडौं उपत्यकामा किसानहरु घरको छतमा तरकारी र फलफुल उत्पादन गरेर लाखौ आम्दानी गरिरहेका छन । बढ्दो सहरीकरण र जनसंख्याका कारण उब्जाउ हुने खेतियोग्य जमिन पाउनै मुस्किल पर्ने उपत्यकामा अहिले किसानहरु घरको छतमै फलफुल र तरकारी खेती गरेर लाखौ आम्दानी गरिहेका हुन । केही समय अघिसम्म आफ्नो आवश्यकता अनुसार घरको छतमा तरकारी फलाउँदै आएका किसाहरु अहिले छतमै ड्रागन फ्रुटको फलाइरहेका छन । ड्रगन फ्रुटको खेतिबाट कोरोनाका कारण बेरोजगार बनेका युवाहरुलाई राहत दिने मात्रै नभएर खाद्यन्न संकट, भोकमरी र अनिकाललाई न्यूनीकरण गर्न सकिने ड्रागन फ्रुट व्यवसायी बासुदेव ढकालले बताउनुभयो । 

खेतियोग्य जमिन मासिँदै गएपनि उपत्यकाका घरका ५० प्रतिशत छतहरुमा मात्रै ड्रागन फ्रुटको खेति गर्न सकिए १५ अर्ब बढीको उत्पादन हुने उहाँले बताउनुभयो । रोपेको एक वर्षपछि उत्पादन सुरु हुने ड्रागन फ्रुट स्याउ, सन्तला, आँप कटहरु खेतिभन्दा सहज र बजारीकरणका लागि सरल हुने उहाँको भनाई छ । वर्षेनी ठूलो मात्रामा बाहिरबाट आयात भइरहेको ड्रागन फ्रुटको खेति विस्तारका लागि सरकारले नीति तथा कार्यक्रम र बजेट मार्फत केही सम्बोधन गर्न खोजेको उहाँले बताउनुभयो । राष्ट्र बैंकले समेत मौद्रिक नीति मार्फत विशेष गरी गरी कृषि क्षेत्र र ड्रागन फ्रुटको खेति प्रवद्र्धनका लागि कार्यक्रमहरु ल्याएर सहयोग गरेको उहाँले बताउनुभयो । 

कोरोना भाइरसले सामाजिक र आर्थिक जीवनलाई आक्रान्त पारेको छ । काठमाडौं उपत्यकामा पनि दिनदिनै संक्रमितको संख्या बढ्दो छ । लाखौले रोजगारी गुमाएका छन । यस्तो अवस्थामा घरको छतमा थोरै लगानीमा समेत गर्न सकिने ड्रागन फ्रुटको खेतिले स्वरोजगार बन्न मद्दत गर्छ । र वर्षेनी विदेशबाट हुने गरेको आयातलाई निरुत्साहित गर्दै आफ्नो उत्पादन विस्तार गरी देशको आर्थिकवृद्धिमा टेवा पुर्याउन सकिन्छ । 




भर्खरै