९ श्रावण २०८३, शनिबार
,
Latest
भारतमा मनसुनी वर्षाको प्रकोपः बाढी र डुबानका कारण जनजीवन प्रभावित, आसाममा ४१ जनाको मृत्यु पाकिस्तानको उत्तर–पश्चिममा आत्मघाती बम विष्फोटः सुरक्षाकर्मीसहित १४ जनाको मृत्यु घर-घरमा तुलसीको बिरुवा रोपियो (तस्बिरहरु) फोटो पत्रकारका लागि ‘एआई स्किल्स’ कार्यशाला आजदेखि सुरु गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन मन्त्री रावल र चिनियाँ राजदूतबीच भेटवार्ता दाङमा ट्राफिक प्रहरीद्वारा एक करोड ५० लाख भन्दाबढी राजश्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमती गोल्डकप आगामी शनिबारदेखि



अ+ अ-

मकवानपुर। बागमती गाउँपालिकाको आयोजनामा १० लाख राशिको सातौँ संस्करणको ‘बागमती गोल्डकप’ फुटबल प्रतियोगिता आगामी शनिबारदेखि हुने भएको छ ।

प्रतियोगितामा ‘ए’ डिभिजनका सातसहित १० टिमको सहभागिता रहने आयोजक बागमती गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष रहरसिंह थिङले बताउनुभयो । गाउँपालिकाको झुरझुरेस्थित सहिद स्मृति रङ्गशालामा हुने प्रतियोगितामा ‘ए’ डिभिजनको डिफेन्डिङ च्याम्पियन मच्छिन्द्र क्लबसहित सङ्कटा, थ्रीस्टार, त्रिभुवन आर्मी, एपिएफ र चर्च ब्वाईज क्लबको सहभागिता रहने अध्यक्ष थिङले जानकारी दिए।

आयोजकसहित मोफसलको थप तीन क्लबको पनि सहभागिता रहने यस प्रतियोगिता फागुन १२ गतेसम्म चल्नेछ । प्रतियोगिताको विजेता टोलीले रु १० लाख, उपविजेताले रु पाँच लाखसहित ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले रु एक लाख एक हजार तथा विधागत उत्कृष्ट खेलाडीले रु २५ हजारका दरले नगद पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगिताको हरेक खेलको म्यान अफ द म्याचले रु १० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताका लागि गाउँपालिकाले रु ३० लाख विनियोजन गरेको छ ।