इलाम। इलाममा बाबुको हत्या आरोपमा प्रहरीले मृतकका छोरा–बुहारीसहित ६ जनालाई पक्राउ गरेको छ ।
सूर्योदय नगरपालिका–११, सुन्तलेका ५१ वर्षीय धनराज राईको हत्या आरोपमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । हत्या आरोपमा मृतकका छोरा २९ वर्षीय एडवड राई तथा एडवडकै पत्नी २६ वर्षीया मालती तामाङ (राई), छिमेकी २४ वर्षीय नवीनकुमार राई, २६ वर्षीय निसान राई, २० वर्षीय राजीव राई र २३ वर्षीय दिवस राईलाई प्रहरीले सार्वजनिक गरेको छ ।
राईको टाउकोको अगाडि र पछाडिको भागमा गम्भीर चोट लागेको, कोठामा रगत लागेको अवस्थामा कोदालो, फलामको रड, आग्लोलगायतका सामग्री फेला परेको प्रहरीले जनाएको छ ।










