१७ असार २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं उपपत्यकामा निषेधाज्ञा के होला ?



अ+ अ-

काठमाडौं । काठमाडौं उपपत्यकामा निषेधाज्ञा केही खुकुलो बनाउने तयारी गरिएको छ । उपत्यका तीनै वटा जिल्ला प्रशासन कार्यलयले  चौथो पटक निषेधाज्ञा थप्ने वा नथप्ने भन्ने विषयमा छलफल  भोली निर्णय गर्ने भएका छन् । यसका लागि मंगलबार दिउँसो साढे २ बजे काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुबीच भर्चुअल संवाद हुँदैछ । तर अझै संक्रमण नियन्त्रणमा नआएकाले पूर्ण रुपमा खुला गर्न नहुनेमा तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी एकमत छन् ।

संसदिय समितिमा पनि उनिहरुले कुनै न कुनै रुपमा निषेधाज्ञा  कायम राख्नु पर्ने सुझाब दिएका थिए ।  प्रमुख जिल्ला अधिकारीहरु बीच  मुलत दुईवटा प्रस्ताबमा छलफल गर्ने जनाईएको छ ।  पहिलो, एक साता निषेधाज्ञा थपेर रोजगारीका क्षेत्रलाई खुला गर्ने । दोस्रो, जोर–विजोर प्रणाली लागू गर्ने गरेर सवारी साधन पनि चल्न दिने ।

कोरोना संक्रमण बढेपछि तीनवटै जिल्लाले भदौ ४ गतेदेखि निषेधाज्ञा लगाएका छन् । तेस्रो पटक थपिएको निषेधाज्ञाको समय बुधबार मध्यराति सकिँदैछ ।
हालकै अवस्थामा निरन्तरता दिँदा पनि जनस्तरबाट विरोध हुनसक्ने प्रमुख जिल्ला अधिकारीहरुको बुझाइ छ ।

गृह मन्त्रालयले पनि निषेधाज्ञालाई थप खुकुलो बनाउने गरी खाका प्रस्तुत गर्न भनेको छ । मंगलबारको संवादपछि निस्किने निष्कर्षबारे गृहसचिव महेश्वर न्यौपानेलगायतसँग छलफल गरेर उपत्यकाको निषेधाज्ञाबारे निर्णय हुने स्रोतको भनाइ छ ।  

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भने, ‘हामी छलफलमा छौं, बुधबार मात्र निषेधाज्ञाबारे निर्णय हुनेछ ।’