३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘जनयुद्ध दिवसको अवसर’ भन्दै सार्वजनिक बिदाविरुद्ध सर्वोच्चमा रिट दर्ता



अ+ अ-

रुकुम पश्चिम। रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाले आगामी फागुन १ गते ‘जनयुद्ध दिवसको अवसर’ भन्दै सार्वजनिक बिदा दिएको विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।

गाउँपालिका विरुद्ध रिट लिएर द्वन्द्वपीडित चन्द्रशेखर केसी सर्वोच्च अदालत पुगेका हुन्। रिटको पेशी माघ ३० गते तोकिएको केसीले जानकारी दिए। बाँफिकोट गाउँपालिकाले माघ २८ गते फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको सूचना जारी गरेको थियो।

‘जनयुद्ध दिवसको अवसर’ भन्दै दिइएको यो बिदा सर्वाेच्च अदालतको २०७२ भदौ ९ गते, २०८० पुस १३  गते र २०८१ मंसीर २६ गतेको संवैधानिक इजलासको आदेश विपरीत रहेकाले रिटमा उक्त निर्णय बदर गर्न माग गरिएको छ। सर्वाेच्च अदालतले गत वर्ष  नेपाल सरकारले ‘जनयुद्ध दिवस’को अवसरमा दिएको सार्वजनिक बिदा बदर गरेको थियो।

माओवादीको दशक लामो द्वन्द्वलाई संविधानले ‘सशस्त्र संघर्ष’ वा ‘सशस्त्र द्वन्द्व’ भनेर मात्र चिनेको रिटमा उल्लेख छ।