१७ असार २०८३, बुधबार
,
Latest
सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन हवाई इन्धन सस्तो भएसँगै आन्तरिक उडानको भाडा घट्यो, नयाँ दर आजैदेखि लागू राष्ट्रिय ध्वजावाहकको पुनर्जागरणका लागि सबै इमान्दार बनौँः मन्त्री पौडेल १०० दिनमा उद्योग मन्त्रालयका उपलब्धि सार्वजनिक, प्रधानमन्त्री कार्यालयमा प्रगति विवरण पेस ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्न मिल्ने सुविधा, लगइन नगरि सेकेन्डभरमै… ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्न मिल्ने सुविधा नेपाल कानुन समाजका लेखा प्रमुख गणेशमान प्रधानलाई पत्नी शोक शान्ति बाटिकामा रहेका संरचना तत्काल हटाउन कार्यवाहक प्रमुख डंगोलको निर्देशन रास्वपाका तीन केन्द्रीय आयोगमा पदाधिकारी मनोनयन विदेशस्थित जनसम्पर्क समितिलाई कांग्रेस निर्वाचन समितिको निर्देशन, प्रतिनिधिको उपस्थितिमै महाधिवेशन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

खुशीको खबर ! नेपालमा कोरोना संक्रमित निको हुने दर बढ्यो



अ+ अ-

काठमाडौं । नेपालमा कोरोना भाइरसका संक्रमितहरुको निको हुने दर बढेको छ । गएको हप्तादिन मात्र अघिसम्म यो दर ५५ प्रतिशत मात्र रहेकोमा आज मंगलबार आइपुग्दा यो दर बढेर ६८.५ प्रतिशत पुगेको छ । त्यस्तै यो दर दिनप्रतिदिन बढिरहेको देखिएको छ । 

आजमात्र स्वास्थ्य मन्त्रालयको पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार गएको २४ घन्टामा निको हुनेको संख्या २ हजार २८७ जना छ । यो संख्या कैयौँ दिन यताको सबैभन्दा धेरै हो । हिजो यो संख्या १ हजार ८१४ थियो भने अस्ती अर्थात आइतबार १ हजार ८६४ रहेको थियो । यसरी दिनदिनै निको हुने व्यक्तिको संख्या बढेको छ । 

गत आइतबार निको हुने दर ६२ थियो भने हिजो यो दर बढेर ६५ प्रतिशत पुगेको थियो । त्यस्तै आज यही दरमा बृद्धि भएर ६८.५ प्रतिशत पुगेको बताइएको छ । यो बृद्धिलाई सकारात्मक रुपमा लिइएको छ । 
 




भर्खरै