२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिल्ला प्रहरी परिसर काठमाडौंद्वारा ३ हजार ३७९ फरार प्रतिवादी पक्राउ



अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीले काठमाडौंको डल्लुमा सुन तथा विभिन्न गहना चोरी गर्ने गिरोहलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वर्ष ४१ का नरेन्द्र देउला रहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले बताउनु भयो । उहाँले देउला यसअघि पनि पाँच चोरी मुद्दा र एउटा ज्यान केस मुद्दामा संलग्न रहेको बुझिएको बताउनु भयो । देउला कतिपय केसमा कारागार सजाय भोगेर र कतिपय केसमा धरौटीमा रिहा भइको पाइएको बताउनु भयो । देउलाबाट करिव ११ लाख २३ हजार बराबरको सुनका सामग्री बरामद गरिएको बताउनु भयो ।

त्यस्तै काठमाडौंको कुमारीगालमा चोरीको मोबाइल लिन दुई समूहबीच भएको झडपमा धारिलो हतियार प्रयोग वर्ष २३ का संघर्ष कार्कीको ज्यान गएको प्रहरीले बताएको छ । हत्या प्रकरणमा संलग्न तीन जनालाई पक्राउ गरिएको बताउनु भयो । पक्राउ पर्नेमा वर्ष २३ का युनिक लामा भन्ने न्युतु शेर्पा, शेर्पालाई यसअघि पनि अभद्र मुद्दामा पाँच पटक पक्राउ गरिसकेको बताउनु भयो । त्यस्तै पक्राउ पर्ने अर्का व्यक्ति विशाल तामाङ रहेको बताउनु भयो । त्यस्तै अर्का वर्ष १९ का क्षितिज कार्की रहेको बताउनु भयो । घटनामा संलग्न दुई समूहका तीन जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको बताउनु भयो । एक जना अझै फरार रहेको जानकारी दिनुभयो ।

त्यस्तै काठमाडौं महानगरपालिका वडा नम्बर ३, बुढानीलकण्ठ गैह्रीगाउँस्थित दुई वटा घर भाडामा लिएको र क्रिप्टो करेन्सी सञ्चालन गरेको घटनामा २३ जनलाई पक्राउ गरिएको बताउनु भयो । घटनाबाट विभिन्न किसिमडा डिभाइस, ट्रान्जेक्शन गर्ने ल्यापटप, क्म्प्युटर लगायतका सामग्री बरामद गरेको बताउनु भयो । प्रारम्भिक अनुसन्धानअनुसार ३ अर्ब १३ करोड भन्दा बढी रकम बराबरको सट्टाबाजी भएको देखिएको बताउनु भयो । पक्राउ पर्ने २३ जना व्यक्ति सबै भारतीय नागरिक रहेको बताउनु भयो । ८८ थान मोबाइल, १० वटा ल्यापटप, भारतीय सिमकार्ड ५० वटा, भारतीय एटिएम कार्य ९ वटा बरामद गरेको बताउनु भयो ।

माघ १५ गतेदेखि अहिलेसम्म ३ हजार ३७९ फरार प्रतिवादीलाई पक्राउ गरी कानूनको दायरामा ल्याएको बताउनु भयो ।