१ चैत्र २०८१, शुक्रबार
March 14, 2025 Friday

25.54°C

काठमाडौं

25.54°C

Kathmandu

Feels-like: 24.65

Wind: 4.41

Humidity: 19

Latest
डब्लुपिएलको फाइनलमा मुम्बई र दिल्ली भिड्ने भारतीय अन्तरिक्ष मिशन स्पाडेक्स उपग्रहको सफलतापूर्वक ‘अनडकिङ’ पूरा गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन समुदायको अग्रसरतामा जोगिँदै जनज्योति सामुदायिक वन ६० वर्षको उमेरमा तेस्रो विवाह गर्दैछन् आमिर खान ? सरकारको आम्दानीभन्दा खर्च बढी, आठ महिनामा २३ प्रतिशत मात्र विकास खर्च जिपको ठक्करबाट वृद्धको मृत्यु नेकपा एसबाट आन्दोलनको घोषणाः सरकारलाई ज्ञापनपत्र बुझाउनेदेखि, अन्तरक्रिया गर्नेसम्म–पूर्णपाठसहित ‘होस्टेल ३’ले पहिलो हप्तामा कति कमायो ? उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगमा आज म्यान्चेस्टर सिटी र रियल मड्रिड भिड्दै



अ+ अ-

काठमाडौँ । च्याम्पियन्स लिग फुटबलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदैछन् ।

आज राति पाँच खेलहरु हुँदैछन् । त्यसमध्ये सबैभन्दा प्रतिक्षित खेल इंग्लिस क्लब म्यान्चेस्टर सिटी र स्पेनिस क्लब रियल मड्रिडबीचको रहेको छ ।

खेल सिटीको घरेलु मैदान इतिहाद स्टेडियममा नेपाली समय अनुसार राति १ः४५ बजे सुरु हुनेछ ।

यसै सिजनदेखि नयाँ ढाँचामा सुरु भएको प्रतियोगितामा सिटी र रियल अन्तिम १६ पुग्नका लागि प्लेअफ मै भिड्न लागेका हुन् । दुइमध्ये एकमात्र टोलीले अन्तिम १६ मा स्थान बनाउने भएकाले सिटी र रियलको यो खेल प्रतिक्षित छ ।

पहिलो लेग आज राति सिटीको मैदानमा हुँदा दोस्रो लेगको खेल १९ फेब्रुअरीमा रियलको घरेलु मैदान सान्टियागो बर्नबेउमा हुनेछ ।

लिग चरणको तालिकामा शीर्ष आठमा रहने टोलीले सिधै नकआउट चरणमा स्थान बनाउँदा थप ८ टोलीका लागि १६ टिमले ‘प्लेअफ’ खेल्दै छन् । जसमा होम एण्ड अवे लिगका आधारमा अन्तिम ८ टिम नकआउटमा प्रवेश गर्नेछन् ।