६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

खतिवडाको ‘बोस’ प्रवृत्तिले देशलाई पुर्याएको खति

खतिवडाको ‘बोस’ प्रवृत्तिले देशलाई पुर्याएको खति
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले अहिलेको विषम परिस्थितिका बारेमा छलफलका लागि गत आइतबार साँझ बालुवाटार बोलाउनुभयो । साँझ बोलाइएको सो छलफलका लागि निजी क्षेत्रका प्रतिनिधि पुगे । तर उनीहरु त्यहाँ पुगेपछि छक्क किन परे भने हालै कार्यकाल सकिएर बाहिरिएका पूर्व अर्थमन्त्री युवराज खतिवडा पनि प्रधानमन्त्रीको साथमै थिए । निजी क्षेत्रले सोचेका थिए कि अर्थ मन्त्रालयको समेत जिम्मेवारी लिएका प्रधानमन्त्री ओलीले नै आफूहरुसँग छलफल गर्नेछन् ।  

प्रधानमन्त्री ओलीले निजी क्षेत्रका नेतृत्वकर्ताहरू र सम्बद्ध अधिकारीहरूसँग कोभिड, १९ ले नेपाली अर्थतन्त्रमा पारेको प्रभावका सम्बन्धमा सुझाव र परामर्श गर्न लागि बालुवाटार बोलाएका थिए ।  छलफलमा पुगेका थिए नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघका नेतृत्वकर्ताहरु । स्रोतका अनुसार निजी क्षेत्रसँगको छलफलमा अर्थ मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीहरु पनि बोलाइएको थियो ।

छलफल शुरु भयो । निजी क्षेत्रका पदाधिकारीहरुले आफ्ना धारणा राख्न थाले । शुरुमै प्रधानमन्त्रीले केही कुरा राखेपछि उनीहरुले बोल्न थालेका थिए । तर बीच बीचमा जवाफ फर्काउँदै थिए खतिवडा । एक जना व्यवसायीले भने– यो सुन्दा लाग्थ्यो खतिवडा नै अर्थमन्त्री हुन् र अहिले पनि देशको अर्थतन्त्रको जिम्मेवारी उनले नै लिएका छन् ।  

तर उनीबाट देशको निजी या सरकारी कुनै पनि क्षेत्र खुश थिएन, छैन । किनभने यस अगाडि पनि कोरोनाबाट समस्याग्रस्त अर्थतन्त्रलाई प्राण दिने काम सरकारले बजेटमार्फत नसकेको स्पष्टै छ । यस्तो मध्यमहामारीको बेलामा पनि देशको गिर्दाे अर्थतन्त्रलाई केही सहयोगका कार्यक्रम दिन नसकेपछि निजी क्षेत्रबाट निकै नै आलोचना भयो । पछि केन्द्रीय बैंकको जिम्मेवारी लिए लगत्तै गभर्नर महाप्रसाद अधिकारीले पहिलो मौद्रिक नीति सार्वजनिक गरे र चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत कोरोनाबाट प्रभावित अर्थतन्त्रलाई पुनरुत्थानका लागि केही गरे । कोरोनाले गरिबी निवारण र रोजगारी सिर्जना गर्न चुनौती थपिरहेका बेला मौद्रिक नीतिले जत्तिको आशा पनि बजेटमार्फत उनले दिन सकेका थिएनन् । त्यसैले उनी गइसकेपछि पनि आफूहरुसँग प्रधानमन्त्रीले गरेको छलफलमा उनी आफैले दिएको जवाफ निजी क्षेत्रलाई पटक्कै मन नपरेको एकजना व्यवसायीले बताए । 

प्रसंग उनै खतिवडाकै हो । अझ बढी त यहाँ उल्लेख गर्न खोजिएको प्रसंग चाहिँ उनको ‘बोस’ प्रवृत्तिको हो । अर्थात उनी आफ्नो जागिरे जीवनमा जहाँ जहाँ रहे त्यहाँ उनको काम बोसलाई खुशी पार्ने मात्र भयो । राष्ट्रिय योजना आयोगमा रहँदा अध्यक्षलाई, गभर्नर रहँदा अर्थमन्त्रीलाई तथा विदेशी गैरसरकारी संस्थामा रहँदा पनि उनले बोसलाई नै खुशी पार्ने कला बडो राम्रोसँग सिकेका थिए । त्यही प्रवृत्ति उनले अर्थमन्त्री हुदा पनि देखाए । जस्तो कि उनी प्रधानमन्त्री बाहेक अरु कसैसँग पनि न नजिक रहे र नत जवाफदेही नै रहे । हुनत यसो भनिरहँदा मन्त्रिमण्डलको सदस्यले प्रधानमन्त्रीसँग नै जवाफदेहिता देखाउने त हो नि भन्ने प्रश्न पनि चर्काे रुपमा उठ्न सक्छ, जुन स्वाभाविकै हो । 

तर यहाँ उल्लिखित प्रसंग यत्तिमा मात्र सीमित छैन । किनभने यो सरकार नेकपाको करिब करिब दुई तिहाइ नजिकको सरकार हो । तर उनी न सांसद थिए र नत नेकपाका नेता नै । उनी गैरराजनीतिक र कर्मचारी पृष्ठभूमिका थिए । जागिरमा जसरी आफु माथिल्लो बोसलाई खुशी पार्दा हुन्थ्यो यहाँ पनि त्यही मोडेल उनले प्रस्तुत गरे । किनभने उनी जनप्रतिनिधि थिएनन्, त्यसैले जनताप्रति जवाफदेही पनि रहेनन् । उनले जे जति काम गरे मात्र प्रधानमन्त्रीको इसारा हेरेर मात्र गरे । उनले न्यूनतम राजनीति संस्कार पनि नबुझ्दा यतिसम्म भयो कि आफू अर्थमन्त्री भए लगत्तै देशको अर्थतन्त्रको बारेको एक ह्वाइट पेपर जारी गरे ।

त्यसमा उनले लेखेका थिए कि देश आर्थिक रुपमा टाट पल्टिएको छ, यहाँसम्म कि कर्मचारीलाई पनि तलब खुवाउने पैसा छैन । तर त्यसको एकाध महिनामै आफैले पेश गरेको बजेटमा उनले नै कम्तीमा आठ प्रतिशतको आर्थिक बृद्धिको लक्ष राखे । अनि हाँसे देशका अर्थशास्त्रीहरु । र उनीहरुले अस्ती खतिवडाको बहिर्गमनपछि पनि उनीहरुले यो विषय बडो जोडतोडसँग उठाएका थिए । कुनै एक राजनीतिक आश्थाको पृष्ठभूमिबाट आएको कुनै पनि व्यक्तिले यतिधेरै ‘बायस’ धारणा बनाउँदैन, यस्तो उसको संस्कार हुदैन । फलतः उनको यो प्रवृत्तिले देशको उन्नति त भएन नै बरु बढी खति भयो ।

अब अहिले पनि खतिवडा प्रधानमन्त्रीकै वरिपरि घुम्दैछन् । ‘प्रधानमन्त्रीलाई नसकेर तपाइँको रिस मलाई पोखेका छन् नेकपाकै नेताहरु’ भनेर उनले प्रधानमन्त्रीलाई निरन्तर चुक्ली लाइरहेका खबरहरु बालुवाटारबाट बाहिरिएका छन् । यसबाट उनी आगामी दिनमा पनि प्रधानमन्त्रीसँगै र कुनै नयाँ भूमिकामा देखा पर्ने सम्भावना बढ्दै गएको देखिएको छ । तर त्यो कुनै पनि भूमिका नेकपाका लागि अनिच्छीत रहेता पनि सल्लाहकार राख्न पाउने प्रधानमन्त्रीको अधिकारमाथि धावा बोल्न सक्ने अवस्थामा नेताहरु नदेखिँदा उनको बारम्बार बालुवाटार छिर्न चाहने इच्छा पूरा भने पूरा हुन पनि सक्छ । चाहे राजाको पालामा राष्ट्रिय योजना आयोगको सदस्य हुँदा होस् या हिजोआजको अवस्था । जस्तो सुकै अवस्थामा पनि आफूले काम गरेका बोसलाई खुशी पार्न सक्ने उनको कौशलका कारण उनको पछिल्लो चाहना पनि पूरा हुने देखिन्छ ।