१४ श्रावण २०८३, बिहीबार
,
Latest
ऋण असुलीबाट शिव शिखरका बचतकर्तालाई रकम फिर्ता जारी, थप ५६ जनाले पाए रकम राष्ट्रपति पौडेल र सभामुख आर्यालबीच भेट, राजनीतिक अवस्था र संसदीय गतिविधिबारे छलफल इराकमा इरान समर्थित लडाकु समूहमाथि अमेरिका र साउदी अरबद्वारा हवाई आक्रमण इरानमाथि कडा जवाफी कारबाही गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी अमेरिकी र साउदी हवाई आक्रमणमा मारिएका सुरक्षाकर्मीको इराकमा अन्त्येष्टि ‘आइपीओ रोकेर धितोपत्र बोर्डले निजी क्षेत्रमाथि अपराध गर्‍यो’: इप्पान अध्यक्ष डाँगी रोपाइँका समयमा ‘ट्रान्सफर्मर’ चोरी भएपछि किसान समस्यामा पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध पाथीभारा माता भनिने थापा प्रहरी नियन्त्रणमा यसरी बनाइँदैछ ‘स्मार्ट हुलाक’, घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

भौतिकमन्त्रीको कानमा बतास पसोस्ः गोकुल बास्कोटा



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का सांसद गोकुल बास्कोटाले अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा खण्ड यथाशिध्र निर्माण सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

मंगलवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै उहाँले चार जना प्रधानमन्त्री फेरिएपनि चार किलोमिटर सडक निर्माण नभएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको हो । उहाँले त्यहाँका जनता आक्रशित भएको उल्लेख गर्दै अब पनि सडक निर्माण नगरिए भौतिक पूर्वाधार तथा यातायातमन्त्रीले ढुंगा खाने दिन आउनसक्ने बताउनु भयो । उहाँले काभ्रे तरकारीका लागि पकेट क्षेत्र भएको उल्लेख गर्दै कोल्डस्टोर निर्माणका लागि बजेटको व्यवस्था गर्न समेत माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘चार वटा प्रधानमन्त्री फेरिए । चारै वटा मन्त्री पनि । सचिव कति फेरिए थाहा छैन । चार किलोमिटर बाटो खावादेखि धुलिखेलसम्मको बनेन । भौतिक मन्त्रीको कानमा बतास पसोस् भन्ने माग गर्छु सभामुखमार्फत । यही कुरा भन्नु भनेका छन् जनताले । नभए ढुंगा खाने स्थिति बन्यो अब । दोस्रो, काभ्रेले काठमाडौंका उपभोक्ताहरुलाई १७ प्रतिशत तरकारी दिन्छ । तरकारीका लागि पटेक क्षेत्रजस्तै छ काभ्रे । त्यसकारण सरकारसँग मिलेर पाँच वटा कोल्डस्टोर सरकारले बनाओस् । अगामि बजेटमा यो व्यवस्था गर्न माग गर्दछु ।’

काठमाडौंका १७ प्रतिशत तरकारी काभ्रेले खपत गर्दै आएको उहाँको भनाइ छ ।