१० बैशाख २०८२, बुधबार
April 23, 2025 Wednesday

24.27°C

काठमाडौं

24.27°C

Kathmandu

Feels-like: 23.95

Wind: 1.03

Humidity: 46

तपाईं के खोज्दै हुनुहुन्छ ?

जंगलभित्रका जनावरहरुलाई जंगलभित्रै बाँच्नसक्ने वातावरण मिलाउन सरकारसँग माग



प्रतिनिधिसभा बैठक
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसकी सांसद अञ्जनी श्रेष्ठले जंगली जनावरहरु गाउँबस्तीमा छिर्दा नागरिकहरुलाई सुरक्षा खतरा भएको भन्दै समाधान गर्न सरकारँग माग गर्नुभएको छ ।

मंगलवार प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले जंगली जनावरहरु गाउँबस्तीमा छिर्दा चितवनको निकुञ्ज वरपरका नागरिकको जिउज्यान जोखिममा रहेको बताउनु भयो । उहाँले जंगलभित्रका जनावरहरुलाई जंगलभित्रै बाँच्नसक्ने वातावरण मिलाउन समेत माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘चितवन जिल्लाको निकुञ्ज वरपरका नागरिकको जिउज्यनको जोखिम बढ्दै गइरहेको छ । बाघ, गैँडा र शात्तिजस्ता जनावरहरु सधैंजसो गाउँबस्तीमा हिँड्दा गाउँका मान्छेहरु असुरिक्षत महशुस गरिरहेका छन् । जंगलभित्रै ति जनावरहरु बाँच्ने व्यवस्था मिलाउनुपर्ने हो कि, जनावरको संख्या वृद्धि भएर हो कि, जनावरहरुका लागि जंगलमा खाद्य अभाव भएर हो । यसका लागि के गर्नुपर्ने हो अविलम्व समाधानको उपाय गरियोस् ।’

उहाँले जंगलभित्रका जनावरहरुलाई जंगलभित्रै खाद्यान्नको व्यवस्थापन गर्नुपर्ने बताउनु भयो ।