२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा सांसदको प्रश्नः संसद कसरी चलाउने भनेर सरकारले सिकाउने हो कि सभामुखले स्वविवेक प्रयोग गर्ने



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वातन्त्र पार्टीका सांसद गणेश पराजुलीले संसद बैठक संसदको नियमावलीअनुसार नचलेको टिप्पणी गर्नुभएको छ ।

मंगलवार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले सरकारले नियमापत्ति गर्दा संसद नियमावलीको व्यवस्थाअनुसार गर्नुपर्नेमा त्यस्तो नगरेको आरोप लगाउनु भयो ।

यसअघि सत्तारुढ दल नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलालले नियमापत्ति जनाउनु भएको थियो । पराजुलीलेले सरकारले दुई तिहाईको धाक लगाउदै संसदलाई पेल्न खोजेको आरोप लगाउनु भयो । उहाँले संसद कसरी चलाउने भनेर सरकारले सिकाउने हो कि सभामुखले स्वविवेक प्रयोग गर्ने हो सभामुख महोदय ? भन्दै प्रश्न समेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सरकार पक्षको यो पेलाई कस्तो हो ? गरिमामय संसद प्रक्रियाको लागि हामीसँग नियमावली छ । आकस्मिक समय, शुन्य समय र विषेश समयको व्यवस्था गर्ने अधिकार सभामुखकै हो । तर सरकारले जसरी जतिबेल मन लाग्यो त्यही बेला पेलान गर्न पाइन्छ?नियमापत्ति गर्दा विषयवस्तुमा नियमापत्ति गर्नुपर्ने हो कि भाषण सुनाउने हो ? प्रतिपक्षीलाई दुई तिहाईको धाक दिने हा सम्माननीय सभामुख महोदय ? संसद कसरी चलाउने भनेर सरकारले सिकाउने हो कि सभामुखले स्वविवेक प्रयोग गर्ने हो सभामुख महोदय ?हाम्रो यसमा घोर आपत्ति छ घोर विरोध छ ।’

सदन सञ्चालनमा सरकारले हस्तक्षेप गरे स्वीकार्य नहुने उहाँको भनाइ छ ।