२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
लुम्बिनी प्रदेश प्रहरीको विशेष ‘अपरेसन’, सुशासनका पक्षमा सहयोग लागुऔषध नियन्त्रण ब्युरोको दक्षता अभिवृद्धिमा दीर्घकालीन योजना लागू गर्न निर्देशन पोखरामा ठूलो परिमाणको एलएसडीसहित भारतीय नागरिक पक्राउ प्रतिनिधि सभामा विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक प्रस्तुत कृषि सामग्री कम्पनी लिमिटेडको जिल्ला शाखा कार्यालयबाट झण्डै १० करोड केजी मल उठेन समस्याग्रस्त हाम्रो नयाँ कृषी र कृषी विकास सहकारीका १३२ ऋणीको नाम सार्वजनिक नगद वितरणले मात्रै गरिबी नघट्ने, आयआर्जनमुखी कार्यक्रमलाई प्राथमिकता : अर्थमन्त्री वाग्ले बजेट प्रक्रिया अगाडि बढाउन श्रम संस्कृति पार्टी लचक, विरोध भने जारी रहने आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनीः तपाईंका काण्डहरू थाहा नभएको हो र ? ति पनि… विश्वकपका खेल अनधिकृत रूपमा प्रसारण गर्ने ३५ वेबसाइट र एपमाथि रोक
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद्को कार्यसूचीबाट भ्रष्टाचार विधेयक हट्यो



अ+ अ-

काठमाडौं । प्रतिनिधि सभाको कार्यसूचीबाट भ्रष्टाचार विधेयक अगाडि बढाउने कार्यक्रम हटेको छ ।

सोमबार सार्वजनिक सम्भावित कार्यसूचीमा प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित भ्रष्टाचार निवारण ऐन सम्बन्धी संशोधन विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने उल्लेख थियो ।

उक्त प्रस्ताव छलफलपछि विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने उल्लेख थियो । मंगलबार सार्वजनिक दैनिक कार्यसूचीमा भ्रष्टाचार सम्बन्धी विधेयक अगाडि बढाउने कार्यक्रम हटेको हो ।

यो विधेयक २०७६ माघ ६ गते राष्ट्रियसभामा दर्ता भएको थियो । वर्तमान प्रधानमन्त्री ओली नै त्यसबेला पनि प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँले नै विधेयक राष्ट्रिय सभामा दर्ता गर्नुभएको हो ।

यो विधेयक २०७९ चैत २७ गते पास भएर प्रतिनिधिसभामा आएको थियो । प्रतिनिधिसभाबाट सैद्धान्तिक छलफल भएर २०८० भदौ ३१ गते सो विधेयकलाई राज्य व्यवस्था समितिमा पठाइएको थियो ।

राज्य व्यवस्था समितिबाट संसदीय उपसमिति बनाएर छलफल चलाइएको उक्त विधेयक २०८१ पुस १८ गते राज्य व्यवस्था समितिबाटै भ्रष्टाचारसम्बन्धी विधेयक पारित भयो । त्यसपछि उक्त विधेयक प्रतिनिधि सभामा पुगेर अड्किएको छ । प्रतिनिधि सभाले मंगलबार पारित गर्ने सम्भावित कार्यसूची भएपनि अन्तिममा हटाइएको हो ।