काठमाडौं। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को उपाध्यक्ष पदमा दुर्गा सोव र मानुषी यमी भट्टराई निर्विरोध निर्वाचित भएका छन्।
समावेशीतर्फ भट्टराई महिला र सोव दलित क्लटरबाट निर्वाचित भएका हुन् । यद्यपी उनीहरु निर्वाचित भएको औपचारिक घोषणा भने हुन बाँकी छ।
अध्यक्षसहित ९९ सदस्यीय कार्यसमिति चयनका लागि आज दिउँसो ३ बजेदेखि मतदान सुरु गर्ने तयारी नेकपा नयाँ शक्तिको छ । अध्यक्षका उम्मेदवार भट्टराई पूर्वप्रधानमन्त्री तथा पूर्वमाओवादी नेता हुन् भने नेत्रप्रसाद चापागाईं पार्टीका संस्थापक सदस्य हुन् । उनी अन्नपूर्ण गाउँपालिका–६ कास्कीका हुन् ।










