६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

नाका–सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण बढ्दै

नाका–सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण बढ्दै
अ+ अ-

काभ्रेपलाञ्चोक । काठमाडौँ उपत्यका प्रवेशको पूर्वी–नाका काभे्रपलाञ्चोकको साँगामा खटिएका सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण बढेको पाइएको छ । साताअघि नाकामा सुरक्षार्थ तैनाथ दुई सुरक्षाकर्मीमा देखिएको सङ्क्रमण हाल थप आठमा देखिएको हो । मङ्लबार काभ्रेपलाञ्चोकमा देखिएका १० सङ्क्रमितमध्ये आठ साँगा नाकामा तैनाथ सशस्त्र प्रहरीलाई कोरोना सङ्क्रमण देखिएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टले जनाएको छ । सङ्क्रमितलाई उपचारका लागि तत्कालै आइसोलेसनमा राखिएको पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले जानकारी दिए । उनका अनुसार जिल्लामा हालसम्म ४० सुरक्षाकर्मीमा सङ्क्रमण देखिएको छ । नेपालमा कोरोना सङ्क्रमण देखिएयता उपत्यका प्रवेशको पूर्वी नाका साँगामा नेपाल प्रहरी र ट्राफिक प्रहरीसँगै थप सशस्त्र प्रहरी तैनाथ गरिएको थियो ।

गत साउनमा साँगा नाकाबाट काठमाडौँ उपत्यका प्रवेश गर्ने यात्रुमध्ये १३ मा कोरोना सङ्क्रमण देखिएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रको चिकित्सा प्रयोगशाला विज्ञ टोलीले एक हप्ताको अवधिमा सवारी साधनका तीन हजार ४८२ यात्रुको स्वाब परीक्षण गर्दा १३ मा कोरोना पोजेटिभ भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार लकडाउनको अन्त्यपछि टोलीले उपत्यका प्रवेशमा तीन नाका काभ्रेपलाञ्चोकको साँगा, ललितपुरको फर्पिङ र काठमाडौँको थानकोटमा यात्रुको कारोना सङ्क्रमण नमूना परीक्षण गर्न स्वाब सङ्कलन गरिएको थियो । 

साताअघि साँगा नाकामा सङ्क्रमण देखिएका दुई सुरक्षाकर्मीको सम्पर्कमा आएकाको पीसीआर परीक्षण गर्दा केहीलाई सङ्क्रमण देखिएको सशस्त्र प्रहरी बल १५ नम्बर गण पाँचखालले जनाएको छ । उसले ‘विशेष सतर्कता’ अपनाई स्वास्थ्य–सुरक्षा मापदण्डानुसार गतिविधि गर्न आफ्ना प्रहरी कर्मचारीलाई भनेको छ । ‘कन्ट्याक्ट ट्रेसिङ’मा परेका पाँचखालस्थित वीरेन्द्र सैनिक तालिम केन्द्रका पाँचमा समेत कोरोना सङ्क्रमण देखिएको छ । पछिल्लो समय जिल्लास्थित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीमा कोरोना सङ्क्रमण दर बढिरहेको पोष्टको तथ्याङ्कले देखाएको छ । 

पोष्टका अनुसार हालसम्म बनेपास्थित सङ्घीय प्रहरी कार्यालयका १९ प्रहरी कर्मचारी, सशस्त्र प्रहरीका १०, धुलिखेलस्थित नेपाली सेनाका आठ र जिल्ला प्रहरी कार्यालय धुलिखेलका तीन प्रहरी कर्मचारीमा सङ्क्रमण देखिएको छ । “सुरक्षाकर्मीपछि जिल्लामा स्वास्थ्यकर्मी उच्च जोखिममा रहेका छन्”, झाले भने । उहाँका अनुसार जिल्लामा कार्यरत ६६ स्वास्थ्यकर्मी, अस्पतालमा उपचाररत १०४, समुदायमा रहेका ८६, वैदेशिक रोजगारबाट फर्केका २५, छ कर्मचारी, दुई जनप्रतिनिधि, एक कानुन व्यवसायी र एक सञ्चारकर्मीमा कोरोना सङ्क्रमण देखिएको हो । 

पोष्टका अनुसार काभ्रेपलाञ्चोकमा हालसम्म २१२ पुरुष र १२२ महिला सङ्क्रमित भएका छन् । तीमध्ये दुईको मृत्यु भएको छ भने १५९ उपचारपछि घर फर्किएका छन् । अन्य १७३ सक्रिय सङ्क्रमित अस्पताल र होम आइसोलेसनमा उपचाररत छन् । जिल्लास्थित १३ स्थानीय तहमा ९०३ शय्याको क्वारेन्टिन तथा २०९ शय्याको आइसोलेसन व्यवस्थित गरिएको छ । हाल २३ पुरुष र ३७ महिला स्थानीय तहको क्वारेन्टिनमा बसेका छन् ।