७ पुष २०८२, सोमबार
,
Latest
विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु)
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल गल्फ संघद्वारा सदभाव र राहुल सम्मानित



अ+ अ-

काठमाडौं। ३८औं बंगलादेश एमेच्योर गल्फ च्याम्पियनसिपमा ऐतिहासिक उपाधि विजेता नेपाल नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य र राहुल विश्वकर्मालाई नेपाल गल्फ संघले सम्मान गरेको छ ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले व्यक्तिगततर्फ स्वर्ण विजेता सदभावलाई नगद ५० हजार प्रदान गरी सम्मान गरे । सदभाव यो उपाधि जित्ने पहिलो नेपाली खेलाडी हुन् । सन १९८८ को दोस्रो संस्करणदेखि नेपालले सहभागीता जानउँदै आएको थियो ।

बङ्गलादेशका शफिकुल इस्लम र मोहम्मद शाहबुद्दिनलाई ५ स्ट्रोकले हराउँदै सदभावले उपाधि जितेका थिए । सदभावले राहुल विश्वकर्मासँग मिलेर टिम तर्फको उपाधि पनि जिते। टिममा स्वर्ण जितेका सदभाव र राहुललाई जनही २५÷२५ हजार सहित सम्मान गरिएको छ । सदभावले कुल ७५ हजार प्राप्त गरे।

यसअघि सन् २०१८ मा शुक्रबहादुर राई र टंकबहादुर कार्कीले तथा सन् २०२२ मा सुवास तामाङ र सदभाव आचार्यले टिम तर्फ स्वर्ण जितेका थिए ।

चारदिने च्याम्पियनसिपमा नेपालसहित बंगलादेश, श्रीलंका, पाकिस्तान, भुटान, दक्षिण कोरिया, जापान र आस्ट्रेलिया गरी ८ देशका कूल १०० खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।