१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

शुक्रबार बस्ने नेकपा स्थायी समिति बैठक बारे अध्यक्षद्धयको छलफल



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले  शुक्रबारलागि  तय गरिएको  स्थायी कमिटी बैठकमा प्रस्तुत गर्ने प्रस्ताव तयार पार्नुभएको छ ।  

प्रधानमन्त्रीाके सरकारी निवास बालुवाटारमा बुधबार बिहान भएको छलफलमा अध्यक्ष ओली र दहालले  बैठकमा प्रस्तुत गर्ने प्रस्तावलाई अन्तिम रूप दिनु भएको हो ।पार्टीभित्रको समस्या र तीनको समाधानका लागि  महासचिव विष्णु पौडेल नेतृत्वमा गठन गरिएको  ६ सदस्यीय कार्यदलले दिएको सुझाब र गत १८ भदौको सचिवालय बैठकमा नेताहरूबाट प्राप्त सुझाबका आधारमा अध्यक्षद्धयले प्रस्ताब तयार पार्नुभएको हो । 

दुई अध्यक्षले अन्तिम रूप दिएको सहमतिको प्रस्तावसहितका एजेन्डा अध्ययनका लागि स्थायी कमिटी सदस्यहरूलाई इमेलमार्फत पठाईएको छ । स्थायी समितिका सदस्यहरुले अध्यायन गरी संक्षिप्त छलफल गरी बैठक भरसक २६ गते नै समापन गर्ने तयारी पनि भै रहेको जनाईएको छ ।