५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्कुल बसको ठक्करबाट बालकको मृत्यु



अ+ अ-

काठमाडौँ। कञ्चनपुरमा स्कुल बसको ठक्करबाट नाबालकको मृत्यु भएको छ ।

आइतबार साँझ सवा ५ बजेतिर बेलडाँडी गाउँपालिका–३ खैरिघाटमा बेलडाँडीबाट कलकत्ता जाँदै गरेको सुपप्र ०१–००१ ख ३६१० नम्बरको बसको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुुनेमा सोही ठाउँ बस्ने मीनबहादुर कुँवरका २ वर्षीय छोरा सुशान्त रहेका छन् । उनलाई ज्ञानसाधना बोडिङ स्कुलको बसले ठक्कर दिएको थियो । सुशान्तको घटनास्थलमै मृत्युु भएको हो ।