काठमाडौं । धादिङ केन्द्र भएर भूकम्प गएको छ । बुधबार दिउँसो ३ बजेर ४८ मिनेट जाँदा धादिङ केन्द्र भएर भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार धादिङको निलकण्ठ आसपास केन्द्र भएर ४ म्याग्निच्यूडको भूकम्प गएको हो । धादिङ र आसपासका क्षेत्रमा धक्का महसुस भएको थियो ।











