सुर्खेत। सुर्खेतबाट भारतको प्रयागराजमा जारी महाकुम्भ मेलातर्फ तीर्थयात्री बोकेर गइरहेको बस दुर्घटना हुँदा ३६ जना घाइते भएका छन् ।
भेरी नगरपालिका–५ स्थित सानो खोलामा भे१ख ४३३१ नम्बरको यात्रुबहाक बस आइतबार बेलुका दुर्घटना हुँदा ६ जना गम्भीर घाइते भएका हुन् ।
दुर्घटनामा परी घाइते भएकाहरूलाई बाँकेको कोहलपुर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी वीरेन्द्र विश्वकर्माले जानकारी दिए ।
भारतको उत्तर प्रदेशको प्रयागराजमा जारी कुम्भ मेलामा जाँदै गरेको उक्त बसमा ४१ जना सवार थिए । बस पुलबाट तल खसेको थियो ।










