१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनियाँ नयाँ वर्षको अवसरमा चीन र नेपालबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने



अ+ अ-

काठमाडौँ। अखिल नेपाल फुटबल संघले नेपाली युवा टोली र चीन युनान युवा फुटबल टोलीबीच मैत्रीपूर्ण फुटबल खेल आयोजना गर्ने भएको छ ।

आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपालस्थित चिनियाँ दूतावास चिनियाँ राजदूतावासका डेपुटी चिफ अफ मिसन (डिसिएम) वाङ सीनले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको बारेमा जानकारी गराएको हो । प्रतियोगिताका निम्ति मुख्य प्रशिक्षक राजेश शाहीको प्रशिक्षणमा नेपालको ४५ सदस्यीय टोली बन्द प्रशिक्षणमा छ ।

संघका अनुसार खेलको प्राविधिक पक्षको सबै जिम्मेवारी एन्फाको रहने र खेलसम्बन्धी अन्य जिम्मेवारी (मार्केटिङ, ब्रोडकास्टिङ, टिकेटिङ, सांस्कृतिक कार्यक्रम) नेपालस्थित जनवादी गणतन्त्र चीनको दूतावासको रहनेछ ।

प्रतियोगिताको अनुमानित बजेट ३८ लाख ९० हजार रुपैयाँ छ ।