२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक गण्डकी प्रदेश विद्यालय क्रिकेट उपाधि नवलपुरको भीमसेन आदर्शले जित्यो भारत भ्रमणबारे राष्ट्रपतिलाई रवि लामिछानेको ब्रिफिङ यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ आर्थिक सङ्कट व्यहोर्दै हेटौँडा सिमेन्ट उद्योग लाङ्क्यु खोलामा तटबन्ध निर्माण निर्वाचन पर्यवेक्षण प्रतिवेदन : मतदान केन्द्र पुनरावलोकन गर्न माग परराष्ट्र मन्त्री खनालसँग जापानी राजदूत माएदाको भेट दाङका आमा समूहले बजाउने नौमतीको माग बढ्यो इरानी नौसैनिक शाखामाथि इयूद्वारा नयाँ प्रतिबन्धको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनियाँ नयाँ वर्षको अवसरमा चीन र नेपालबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने



अ+ अ-

काठमाडौँ। अखिल नेपाल फुटबल संघले नेपाली युवा टोली र चीन युनान युवा फुटबल टोलीबीच मैत्रीपूर्ण फुटबल खेल आयोजना गर्ने भएको छ ।

आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपालस्थित चिनियाँ दूतावास चिनियाँ राजदूतावासका डेपुटी चिफ अफ मिसन (डिसिएम) वाङ सीनले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको बारेमा जानकारी गराएको हो । प्रतियोगिताका निम्ति मुख्य प्रशिक्षक राजेश शाहीको प्रशिक्षणमा नेपालको ४५ सदस्यीय टोली बन्द प्रशिक्षणमा छ ।

संघका अनुसार खेलको प्राविधिक पक्षको सबै जिम्मेवारी एन्फाको रहने र खेलसम्बन्धी अन्य जिम्मेवारी (मार्केटिङ, ब्रोडकास्टिङ, टिकेटिङ, सांस्कृतिक कार्यक्रम) नेपालस्थित जनवादी गणतन्त्र चीनको दूतावासको रहनेछ ।

प्रतियोगिताको अनुमानित बजेट ३८ लाख ९० हजार रुपैयाँ छ ।