३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलस्रोत विधेयकमाथि दफावार छलफल



अ+ अ-

काठमाडौँ। जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल सुरु भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गत असार ३१ गते प्रतिनिधि सभामा दर्ता गरेको उक्त विधेयकलाई पूर्वाधार विकास समितिले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको उपस्थितिमा दफावार छलफल सुरु गरेको हो ।

जलस्रोतको दिगो विकास, उपयोग, संरक्षण, एवं व्यवस्थापन लाभको न्यायोचित बाँडफाँट, मौसम तथा जलउत्पन्न विपद् न्यूनीकरण, बाँधको सुरक्षा र अन्तरपुस्ता समन्वयकाका आधार सुनिश्चित गर्नका लागि उक्त ऐन निर्माण गरिएको हो ।

समितिका सभापति दीपकबहादुर सिंहले परिच्छेद ७ को दफा २६ सम्म दफावार छलफल गरी पारित गरिएको जानकारी दिए। उनले उक्त विधेयकलाई दफावार छलफल गरी पास गरेर संसद्मा पठाउने तयारी भइरहेको बताए ।