५ भाद्र २०८३, शुक्रबार
,
Latest
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर वायु सेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति सर्वोच्चबाट बदर कप्तान ऐरी आइसिसी वरियताको तेस्रो स्थानमा सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छः सभापति थापा बाँकेमा एक सातामै २२ फरार प्रतिवादी पक्राउ बागमती प्रदेश मन्त्रिपरिषद् बैठकः ‘इ-क्याबिनेट’ प्रणाली सञ्चालन गर्ने निर्णय लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः अस्थायी सङ्गठन संरचना र दरबन्दी स्वीकृत स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले पिपीए खोल्न सरकारले अघि बढायो प्रक्रिया तनहुँमा तीन हजार बढी नयाँ धारा जडान
तपाईं के खोज्दै हुनुहुन्छ ?

किङडम र फेरिल्यान्डलाई उपाधि



अ+ अ-

काठमाडौँ। किङडम हिमालयन र आयोजक फेरिल्यान्ड इन्टरनेसनल स्कुलले प्रथम फेरिल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् ।

किङडम जुनियर ब्वाइज तथा फेरिल्यान्ड जुनियर गल्र्समा च्याम्पियन बने । बालुवाखानीस्थित आयोजकको कोर्टमा भएको जुनियर ब्वाइज फाइनलमा किङडमले न्युटनलाई ३५–२५ ले पराजित गर्यो । किङडमका प्रवेश लामाले १६ अंक जोडे । कुनैपनि विधामा किङडमको हालसम्मकै पहिलो उपाधि हो । ग्रिनल्यान्ड तेश्रो भयो ।

जुनियर गल्र्सको उपाधि भिडन्तमा फेरिल्यान्डले बौद्ध चिल्ड्रेन हेभेनलाई २७–१० ले हरायो । फेरिल्यान्डकी करुणा बोगटीले १२ अंक जोडिन् । ९ दिनको अन्तरालमा फेरिल्यान्डको यो दोश्रो उपाधि हो । फेरिल्यान्डले माघ १८ प्रथम ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा जुनियर गल्र्सकै उपाधि जितेको थियो । न्युटन तेश्रो भयो ।

जुनियर ब्वाइजमा किङडमका अच्युत तामाङ तथा जुनियर गल्र्समा फेरिल्यान्डकी रणुका तामाङ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । जुनियर ब्वाइजमा न्युटनका आशिष राई तथा जुनियर गल्र्समा बौद्ध चिल्ड्रेन हेभेनकी जस्मिन गुरुङ प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बने ।

जुनियर ब्वाइजमा ग्रिनल्यान्डका विश्वास केसी तथा जुनियर गल्र्समा न्युटनकी आईरिन राना उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए । जुनियर ब्वाइजमा गुरुकुल पब्लिक र जुनियर गल्र्समा मन्जरी ‘इमर्जिङ टिम’ ठहरिए ।

विजेतालाई बूढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी, उप मेयर अनिता लामा, बूढानीलकण्ठ शिक्षा महाशाखाका प्रमुख ललितविक्रम सिंह, काठमाडौं प्याब्सनका वरिष्ठ उपाध्यक्ष सुदर्शन थापा, फेरिल्यान्डका संस्थापक प्रिन्सिपल विष्णुचन्द्र अधिकारी, फेरिल्यान्डका संस्थापक निर्देशकत्रय रामप्रसाद गौतम, विनोद अधिकारी र राजेन्द्र देवकोटाले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

साताव्यापी प्रतियोगिताको जुनियर ब्वाइज र जुनियर गल्र्समा समान १२–१२ गरी २४ टिम सहभागी थिए ।