६ पुष २०८२, आईतवार
,
Latest
मधेस प्रदेश सभामुख यादवले लिए शपथ बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन रवि लामिछाने–प्रधानमन्त्री भेटवार्ता बालुवाटारमा जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने खेतखेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना भाइरसबाट विश्‍वभर ९ लाखभन्दा बढि मानिसको ज्यान गयो



अ+ अ-

काठमाडौँ । विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९ लाख नाघेको छ । बिहीबार बिहानसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९ लाख २ सय ३९ पुगेको जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना भाइरस रिसोर्स सेन्टरले जनाएको छ । यो समाचार तयार पार्दासम्म विश्वका विभिन्न देशमा गरी संक्रमितको संख्या करिब दुई करोड ७७ लाख पुगेको छ । त्यस्तै संक्रमण पुष्टि भएकाहरुमध्ये एक करोड ८६ लाखभन्दा बढी निको भएका छन् । कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहीबार बिहानसम्म ६३ लाख ५८ हजारभन्दा बढी संक्रमित भएका छन् । त्यस्तै अमेरिकामा एक लाख ९० हजारभन्दा बढीको मृत्यु भएको छ । अमेरिकामा निको हुनेको संख्या करिब २३ लाख ८७ हजार रहेको छ ।

त्यस्तै अमेरिकापछि सबैभन्दा बढी प्रभावित भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४३ लाख ७० हजारभन्दा बढी पुगेको छ । भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७३ हजार ८ सय ९० पुगेको छ । भारतमा संक्रमण पुष्टि भएकामध्ये करिब ३४ लाख निको भएका छन् । त्यस्तै ब्राजिलमा करिब ४१ लाख ६२ हजार संक्रमित भएका छन् भने एक लाख २७ हजारभन्दा बढी मृत्यु भएको छ । ब्राजिलमा संक्रमण पुष्टि भएकामध्ये करिब ३५ लाख ७२ हजारभन्दा निको भएका छन् ।

चौथो स्थानमा रहेको रुसमा संक्रमितको संख्या १० लाख ३७ हजार नाघेको छ । रुसमा कोरोना संक्रमणबाट करिब १८ हजार जनाको मृत्यु भएको छ । रुसमा करिब ८ लाख ५४ हजार संक्रमित निको भएका छन् । बुधबार साँझसम्म नेपालमा कोरोना संक्रमणबाट ३१२ जनाको मृत्यु भएको छ । अहिलेसम्म नेपालमा ४९ हजार २ सय १९ जनामा संक्रमण पुष्टि भएको छ भने ३३ हजार ८ सय ८२ जना निको भएका छन् । कान्तिपुर दैनिक