काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश संसद्बाट पारित हुने वा नहुने भन्नेबारे अहिल्यै टिप्पणी गर्नु उचित नहुने बताउनुभएको छ ।
संसद् भवन परिसरमा अध्यादेश सम्बन्धमा सञ्चारकर्मीले सोधेको प्रश्नको छोटो प्रतिक्रिया दिँदै उहाँले अहिले संसद्को गणपूरक सङ्ख्या गन्ने बेला आइनसकेको बताउनुभएको हो ।
सरकारले माघ १८ गते ६ वटा अध्यादेश ल्याएको थियो । संसद् नियमावली अनुसार संसद् बैठक सुरू भएपछि अध्यादेशहरू पेस गर्नुपर्ने प्रावधान रहेको छ ।










