६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

शुल्क नतिरेको भन्दै अभिभावकको खुट्टा भाच्ने प्रिन्सिपल

शुल्क नतिरेको भन्दै अभिभावकको खुट्टा भाच्ने प्रिन्सिपल
अ+ अ-

बुटवल । शुल्क नतिरेको निहुँमा एक अभिभावकमाथि कुटपिट भएको छ । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–६, रानीनगरस्थित उज्ज्वल शिशु बोर्डिङका प्रिन्सिपल दीपक कुँवरले शुल्क नतिरेको निहुँमा एक अभिभावकमाथि कुटपिट गरेका हुन्। 

नवलपरासी पश्चिम सुस्ता गाउँपालिका–३ पत्थरकलाका कृष्णप्रसाद आचार्यमाथि प्रिन्सिपल कुँवरले कुटपिट गर्दा खुट्टाको फ्युमर (साप्रा) फ्याक्चर भएको छ । 

प्रिन्सिपल कुटपिठबाट घाइते भएका आचार्यको खुट्टाको अप्रेशन र औषधिमा दुई लाख २० हजार रुपैयाँभन्दा बढी खर्च भएको छ । तर उक्त खर्च तिर्न नसक्दा अस्पतालले भदौ १९ गते नै डिस्चार्ज दिएपनि घरको आर्थिक अवस्था कमजोर रहेका कारण आचार्य बुटवलको लुम्बिनी सिटी अस्पतालमै अलपत्र छन् ।

आचार्यका छोरा भरतका अनुसार प्रहरीले यतिका दिनसम्म त प्रिन्सिपललाई पक्राउ गर्न आनाकानी गरिरहेको बताए । प्रिन्सिपल कुँवरले आठ वर्षसम्म बिर्सिएको पुरानो बक्यौता शुल्क लकडाउनका बेला तिर्न दबाब दिइरहेका थिए । कृष्णप्रसादका दुई छोरा रामप्रसाद र लक्ष्मणले २०६९ सालमा एसएलसी दिएका थिए ।

परीक्षामा दुई दाजुभाइ अनुत्तीर्ण भएकाले विद्यालयले शुल्क नमागेको होला भनेर बसेको अवस्थामा चार महिनाअघि मात्र एक्कासी शुल्क तिर्न दबाब दिएको भरतको दाबी छ । प्रिन्सिपल कुँवरले ५५ हजार बक्यौता छ भनेका तर बुबाले ३५ हजार तिर्न बाँकी रहेको र लकडाउन खुलेपछि १० हजार दिने भनेपनि नमानेर कुटपिट गरेको उनले बताए ।

जिल्ला प्रहरी कार्यालय, नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले प्रिन्सिपल कुँवरविरुद्ध कुटपिट तथा अंगभंगसम्बन्धी कसुरमा मुद्दा दर्ता भएकाले अनुसन्धान भइरहेको तर पीडक फरार रहेको बताए । प्रिन्सिपल कुँवरसँग सम्पर्क गर्न खोज्दा उनको मोबाइल स्वीच्ड अफ छ ।