१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?



अ+ अ-

काठमाडौँ । स्थानीय बजारमा आज सुनको कारोबार मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला रु एक सय ले बढेर रु एक लाख ६८ हजार २०० कायम भएको छ ।

छापावाला सुन शुक्रबार प्रतितोला रु एक लाख ६८ हजार १०० कारोबार भएको थियो ।

त्यस्तै आजका लागि चाँदीको कारोबार मूल्य प्रतितोला रु १ हजार ९६० तोकिएको महासङ्घले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला रु १ हजार ९८५ मा कारोबार भएको थियो ।