काठमाडौं । नेकपा बिदेश बिभागका उपप्रमुख तथा केन्द्रिय सदस्य बिष्णु रिजालले नेकपा पारदर्शी हुदै गएको भन्दै नेतृत्व प्रति ब्यङ्ग गरेका छन् । सामाजिक सञ्जालमा निकै सक्रिय रहने नेता रिजालले फेसबुकमा पोष्ट गरेका छन् ।
नेकपा कम्ती पारदर्शी छ त ? कार्यदलले तयार पारेको प्रतिवेदन छलफल त के सचिवालय सदस्यकै हातमा नपुग्दै पीडीएफ फाइल नै बाहिर आयो । अनि अध्यक्षद्वयले तयार गरेको प्रतिवेदन स्थायी समिति सदस्यहरुको हातमा पुग्दानपुग्दै हुबहु सार्वजनिक भयो । छलफलै नभई सार्वजनिक गर्न कति हतार हो रु बैठकमा सम्म त पेस हुन दिए हुने नि ।
अध्यक्षद्वयले तयार गरेको प्रतिवेदनमा भने नेतृत्वका बारेमा सामाजिक सञ्जलमा आलोलचात्मक पोष्ट गर्न नपाईने उल्लेख छ । रिजालको पोष्ट माथी नेकपा नेता निरज आचार्यले अबको वैठक बाहिर माईक राखेर गर्दा सजिलो, केहिले लाईभ गर्छन् । सवैलाई घरमै बेर बैठक सुन्न र धारणा बनाउन र विश्लेषण गर्न सजिलो हुने भन्दै टिप्पणी गरेका छन् । यसैगरी अर्का नेता उर्बादत्त पन्तले पनि पारदर्शी मात्रै हैन अपरम्पारदर्शी पनि भन्दै टिप्पणी गरेका छन् ।