काठमाडौं । काठमाडौं उपत्यकामा जारि निषेधाज्ञा खुकुलो भएसँगै चाप बढेको छ। उपत्यकामा बिहिबार विहानैबाट सडकमा सार्वजनिक तथा निजी सवारीसाधन चाप बढेको हो ।
काठमाडौं उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले बिहीबारदेखि निषेधाज्ञा खुकुलो बनाउदै निजी तथा सार्वजनिक सवारीसाधनमा जोर-विजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो।
प्रशासनले भदौ ४ गते देखि उपत्यकामा निषेधाज्ञा लगाएको थियो। सार्वजनिक यातायातको हकमा भने ट्याक्सी तथा १६ सिट क्षमताभन्दा माथिका सवारीसाधन मात्रै चल्न दिएको छ। तर माइक्रो बस, टेम्पो चलाउने प्रशासनले रोक लगाएको छ।











