९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक

वरिष्ठ पत्रकार किशोर नेपालको करिब ६ दशक लामो पत्रकारिता यात्राको मेलबर्न सेलिब्रेसन

वरिष्ठ पत्रकार किशोर नेपालको करिब ६ दशक लामो पत्रकारिता यात्राको मेलबर्न सेलिब्रेसन
अ अ+ अ-

मेलबर्न, अष्ट्रेलिया । वरिष्ठ पत्रकार किशोर नेपालले आफ्नो करिब ६ दशक लामो आफ्नो पत्रकारिता यात्रा अष्ट्रेलियाको मेलबर्नका नेपालीसमक्ष स्मरण गर्नुभएको छ ।

केविसीखबरको निमन्त्रणामा अष्ट्रेलियाको भ्रमणमा रहनुभएका वरिष्ठ पत्रकार किशोर नेपालको सम्मानमा आयोजना गरिएको कार्यक्रममा बोल्दै उहाँले सन् १९६७ बाट भारतीय दिनमान पत्रिकामा आरम्भ भएको यात्रा आजपर्यन्त निरन्तर रहेको मात्र बताउनुभएन यसबीचका उतार चढवाबारे पनि जानकारी गराउनुभयो । कार्यक्रममा बोल्दै उहाँले नेपालमा द्वन्द्व चर्किएको बेला कसरी मत अभिमत सुरु भयो, त्यसले जनताको आवाज सिंहदरबारसम्म मात्र नभई विश्वमञ्चमा नै राख्न सफल भयो भन्ने रोचक विवरण पनि सुनाउनुभएको थियो ।

आफ्नो प्रस्तुतिपछि सहभागीहरुका जिज्ञासाको जवाफ दिँदै उहाँले हाल वैकल्पिक भनिएका शक्तिहरु सफा नियतका साथ राजनीतिमा नआएको बताउनुभयो । उहाँको भनाई थियो, दुई दुईवटा पासपोर्ट बोक्ने, सहकारीको पैसा ल्याएर टिभी खोल्नेहरुबाट हामीले के अपेक्षा गर्ने ? वरिष्ठ पत्रकार किशोर नेपालले आगामी निर्वाचनमा भने हालको परिस्थिति परिवर्तन हुने आंकलन गर्नुभयो । विभिन्न राजनीतिक दलहरुमा नयाँ पुस्ताको हस्तक्षेप बढ्दै जाने र त्यसले हाल देखिएका विकृतिलाई कम गर्ने उहाँको अनुमान थियो ।

कार्यक्रममा उहाँलाई मेलबर्नको नेपाली समूदायको तर्फबाट खादा ओढाएर स्वागत सम्मान गरिएको थियो । भिक्टोरियाका लागि नेपाली अवैतनिक वाणिज्यदूत निराजन गौली, आयोजक केविसीखबरका संस्थापक एवं अष्ट्रेलियन नेप्लीज जर्नलिष्ट एशोसिएसनका अध्यक्ष चिरञ्जीवी देवकोटा, अष्ट्रेलियामा रहेका नेपाली सामूदायिक संस्थाहरुको साझा संस्था फेडरेसन अफ नेप्लीज अर्गनाईजेसन्स ईन अष्ट्रेलिया फेन्काका अध्यक्ष बम योञ्जन, नेप्लीज एशोसिएसन अफ भिक्टोरियाका अध्यक्ष एकिन्द्र तिम्सिना, गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका प्रवक्ता बबिन मिश्र, एनआरएन भिक्टोरियाका सचिव ससेन्द्र गौतम, एनआरएन आईसीसीका पूर्वउपाध्यक्ष दुर्गा आचार्य, अष्ट्रेलियन नेप्लीज मल्टिकल्चरल सेन्टरका नवनिर्वाचित अध्यक्ष डा. तिलक पोखरेल, अष्ट्रेलियन एजुकेशन कन्सल्टेन्सी एलायन्सका पूर्वअध्यक्ष रामचन्द्र पौडेल लगायतले खादा ओढाएर स्वागत सम्मान गरेका थिए ।
कार्यक्रममा उपस्थित भिक्टोरियाका नेपालीहरुले समाज र देशका लागि योगदान दिएका व्यक्तित्वहरुलाई उनीहरुकै उपस्थितिमा सम्मान गर्ने परम्परालाई निरन्तरता दिनुपर्ने धारणा राखेका थिए ।

उनीहरुले हाल देशको परिस्थिति, नेपालमा विदेशमा बस्नेहरुकाप्रतिको दृष्टिकोण, राजनीतिक नेतृत्वको विगत र उनीहरुबाट आगामी दिनमा गर्न सकिने अपेक्षा, पत्रकारितामा आएको डिजिटल क्रान्तिको आयु लगायतका विषयमा केन्द्रित रहेर प्रश्न गरेका थिए । उक्त अवसरमा कान्तिपुर टेलिभिजनका सिनियर एडिटर कुलचन्द्र भट्टराईले वरिष्ठ पत्रकार किशोर नेपालको पत्रकारिता यात्राका विषयमा तयार पारेको श्रव्यदृश्य सामग्री पनि प्रस्तुत गरिएको थियो ।