५ भाद्र २०८३, शुक्रबार
,
Latest
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर वायु सेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति सर्वोच्चबाट बदर कप्तान ऐरी आइसिसी वरियताको तेस्रो स्थानमा सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छः सभापति थापा बाँकेमा एक सातामै २२ फरार प्रतिवादी पक्राउ बागमती प्रदेश मन्त्रिपरिषद् बैठकः ‘इ-क्याबिनेट’ प्रणाली सञ्चालन गर्ने निर्णय लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः अस्थायी सङ्गठन संरचना र दरबन्दी स्वीकृत स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले पिपीए खोल्न सरकारले अघि बढायो प्रक्रिया तनहुँमा तीन हजार बढी नयाँ धारा जडान
तपाईं के खोज्दै हुनुहुन्छ ?

मड्रिड डर्बी: एट्लेटिको र रियलले अङ्क बाँडे



अ+ अ-

काठमाडौं । स्पेनी फुटबल लिग ला लिगा अन्तरगत ‘मड्रिड डर्बी’ को खेल बराबरीमा सकिएको छ ।

गएराति भएको खेलमा रियल मड्रिड र एट्लेटिको मड्रिडले १-१ को बराबरी खेल्दै अङ्क बाँडेका हुन् ।

रियलको घरेलु मैदान सान्टियागो बर्नबेउमा भएको खेलमा सुरुवाती अग्रता भने एट्लेटिकोले लिएको थियो । खेलको ३५ औं मिनेटमा युलियन अन्भारेजले पेनाल्टीमार्फत गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाए ।

यता ५० औं मिनेटमा किलियन एमबाप्पेले गोल फर्काउँदै रियललाई १-१ को बराबरीमा ल्याए । त्यसपछि खेलमा थप गोल हुन सकेन र दुबै टोलिले बराबरीको नतिजामा चित्त बुझाए ।

अङ्कतालिकामा २३ खेलबाट ५० अङ्कका साथ रियल शीर्षस्थानमा रहँदा एट्लेटिको ४९ अङ्कका साथ दोस्रो स्थानमा छ ।