२९ मंसिर २०८२, सोमबार
,
Latest
राखुका किसानलाई सुन्तला ढुवानीको समस्या लेखराज भट्ट उपमहासचिवमा लड्ने भएपछि ओली प्यानलको सूची हेरफेर पासोमा फसेको चितुवाको उद्धार राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने एमाले ११ औं महाधिवेशन, यस्तो छ भृकुटीमण्डपमा चहलपहल–फोटोफिचर सबैलाई समेटेर अघि बढ्न जरुरीः महामन्त्री थापा एकै वर्षमा २३ अर्ब ४ करोड कर छुटको दाबीः ४ अर्ब ८४ करोड मात्रै कर… एमाले नयाँ नेतृत्व चयनको निर्वाचन कार्यतालिका संशोधन अन्तरिम सरकार मन्त्रीका लागि भ्रष्टहरु खोज्दै हिँड्न थाल्योः रामहरी खतिवडा १ हजार ८ सय ५९ रोपनी जग्गा अतिक्रमणमुक्त गराउने लक्ष्य छः बालेन्द्र साह
तपाईं के खोज्दै हुनुहुन्छ ?

कानुन व्यवसायी परिषद्को पार्षद्का लागि मतगणना सुरु



अ+ अ-

काठमाडौँ। नेपाल कानुन व्यवसायी परिषद्को पार्षद्का लागि आज मतदान सकिएर मतगणना सुरु भएको छ । परिषद्को ऐन, २०५० मा प्रत्येक प्रदेशमा कानुन व्यवसाय गर्ने वरिष्ठ तथा अधिवक्ताको निर्वाचन मण्डलबाट एक जनाको हिसाबले सात प्रदेशबाट प्रतिनिधित्व गर्ने पार्षद्को चयन गर्नुपर्ने व्यवस्थाअनुसार बागमती प्रदेश पार्षद्का लागि आजै मतदान भएको थियो ।

बागमती प्रदेश निर्वाचन समन्वय समितिका प्रमुख वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकका अनुसार बागमती प्रदेश पार्षद्को सर्वोच्च अदालत परिसरमा मतदान सम्पन्न भइ मतगणना सुरु भएको हो । उनका अनुसार चार हजार एक सय ७९ मत खसेको छ । बागमती प्रदेशमा आठ हजार दुई सय मतदाता रहेका छन् ।

सातै प्रदेशमा एकरएक पार्षद् छान्नका लागि देशभर ११ हजार मतदाता रहेका छन् । परिषद्को बागमती प्रदेश पार्षद्का लागि प्रगतिशील, पेसागत, देशभक्त, समावेशी समूहका साझा उम्मेदवार वरिष्ठ अधिवक्ता रविनारायण खनाल र नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसनका वरिष्ठ अधिवक्ता पर्शुराम कोइरालाले उम्मेदवारी दिएका छन् ।

महान्यायाधीवक्ताको अध्यक्षतामा रहने परिषद्को उपाध्यक्षमा नेपाल बार एसोसियसनका निर्वाचित अध्यक्ष, सर्वोच्च अदालतका रजिष्ट्रार, त्रिभुवन विश्वविद्यालयका डिनसहित सात प्रदेशबाट सात जना पार्षद् चयन हुन्छन् । यसअघि बागमती प्रदेशको पार्षद्मा वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली निर्वाचित भएका थिए । परिषद्को पार्षद्को पदावधि पाँच वर्षको हुनेछ । रासस