२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तरराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फागुन ३ देखि



अ+ अ-

सुनसरी। यही आगामी फागुन ३ गतेदेखि १५औँ अन्तरराष्ट्रिय आमन्त्रण कन्ट्रोल लुब्रिकेन्टस इटहरी गोल्डकप हुने भएको छ ।

आज इटहरीमा आयोजित पत्रकार सम्मेलनमा आगामी फागुन ३ देखि १० गतेसम्म हुने आयोजक राष्ट्रिय जागृति क्लबका अध्यक्ष सन्तबहादुर डुम्जनले जानकारी दिए। इटहरीस्थित रङ्गशालामा हुने प्रतियोगितामा आठ वटा क्लब सहभागी हुनेछन् ।

जसमा राष्ट्रिय जागृति क्लब, युनाइटेड खर्साङ फुटबल क्लब, सगरमाथा युथ क्लब मोरङ, न्युरोड क्लब काठमाडौँ, मच्छिन्द्र फुटबल क्लब काठमाडौँ, काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापा, चर्च ब्वाइज युनाइटेड र धरान फुटबल क्लबको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले ट्रफीसहित रु १० लाख र उपविजेताले नगद रु पाँच लाख पुरस्कार पाउनेछन् ।

विधागततर्फ सर्वोत्कृष्ट खेलाडीले रु एक लाख, प्रत्येक खेलको ‘म्यान अफ दी म्याच’ हुने खेलाडीले रु १० हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षकले जनही रु २० हजार प्राप्त गर्नेछन् भने सर्वाधिक गोलकर्ता खेलाडीले नगद रु २५ हजार पाउने अध्यक्ष डुम्जनले बताए ।