६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

प्यारामाउन्टले जित्यो नेसनल हाइस्कुल च्याम्पियनसिपको राष्ट्रिय फाइनल

प्यारामाउन्टले जित्यो नेसनल हाइस्कुल च्याम्पियनसिपको राष्ट्रिय फाइनल
अ+ अ-

काठमाडौं। आस्था कलेजलाई पराजित गर्दै प्यारामाउन्ट कलेजले नेसनल हाइस्कुल च्याम्पियनसिप (एनएचसी) को राष्ट्रिय फाइनल जितेको छ।

तल्लो मूलपानी मैदानमा शनिबार सम्पन्न फाइनलमा प्यारामाउन्टले आस्थालाई ३८ रनले पराजित गरेको हो। उपाधिसँगै प्यारामाउन्टले एक लाख रुपैयाँ हात पा¥यो। आस्थाले भने २५ हजार रुपैयाँमा चित्त बुझायो।

प्यारामाउन्टले प्रस्तुत गरेको १५३ रनको लक्ष्य पछ्याएको आस्थाले चार बल बाँकी छदा सबै विकेट गुमाएर ११५ रन मात्रै बनाउन सक्यो। आस्थाका सुगम बुढाथोकीले सर्वाधिक ६८ रन बनाए। तर, उनलाई अन्य ब्याटरले साथ दिन सकेनन्। सुयोग भट्टराईले १३ र आशिष् रानामगरले १० रनको योगदान दिँदा अन्य ब्याटर दोहोरो अंकमा रन जोड्न असफल रहे।

प्यारामाउन्टका शिव कुँवर आशुतोष पाण्डेले समान तीन विकेट हात पारे। सागर भण्डारीले दुई विकेट लिँदा सन्देश थापाको नाममा एक विकेट रह्यो। त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको प्यारामाउन्टले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १५२ रनको योगफल बनाएको थियो।

प्यारामाउन्टका सन्देश पन्थीले सर्वाधिक ५३ रन बनाए। अमन बोहरा ४२, सन्देश थापा ३५ रनमा आउट हुँदा शिव कुँवर दुई रनमा अविजित रहे। आस्थाका अभिनाश सिंहले सर्वाधिक दुई विकेट लिए। सुगम बुढाथोकी र आशिष् रानामगरको नाममा समान एक विकेट रह्यो।

फाइनल खेलको ‘म्यान अफ द म्याच’ सन्देश पन्थी रहे। यस्तै, ‘क्याच अफ द म्याच’ सन्तोष गजमेयरले पाए। प्रतियोगिताको उदीयमान बलर वेस्टर्न क्रिस्टल एकेडेमीका सचिन भट्ट, उत्कृष्ट ब्याट्सम्यान आस्था कलेजका भूपालकुमार दंगाल र ‘प्लेयर अफ द सिरिज’ प्यारामाउन्टका सन्तोष थापा घोषित भए।

हाइप यति इभेन्ट्सद्वारा आयोजित प्रतियोगितामा देशभरका सात क्षेत्रीय विजेता तथा काठमाडौं छनोटको उपविजेता गरी कुल आठ टिमले सहभागिता जनाएका थिए। प्रतियोगिताको राष्ट्रिय फाइनलमा अर्किड कलेज, आस्था कलेज, मोनास्टिक कलेज, प्यारामाउन्ट कलेज, कास्की मोडर्नाइज्ड, वेस्टर्न क्रिस्टल एकेडेमी, शिक्षान्तर कलेज तथा हिमालय एकेडेमी पुगेका थिए ।