३ पुष २०८२, बिहीबार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

राज्यले खेलकुद क्षेत्रलाई प्रोत्साहन गर्नुपर्छः सांसद भण्डारी



अ+ अ-

तनहुँ। प्रतिनिधिसभाका सांसद शङ्कर भण्डारीले अन्तरराष्ट्रियस्तरका खेलाडी उत्पादन गर्न राज्यले खेलकुद क्षेत्रलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।

नेपाल सितोरियो कराते सङ्घ तनहुँद्वारा आज व्यास–३ देउराली नगरमा आयोजित ११औँ जिल्लास्तरीय कराते प्रतियोगिताको उद्घाटन गर्दै उनले खेलकुद क्षेत्रलाई प्रोत्साहन गरी लगानी बढाएमा अन्तरराष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने दक्ष खेलाडी उत्पादन गर्न सकिने धारणा राखेका छन् ।

पूर्वमन्त्रीसमेत रहनुभएका सांसद भण्डारीले खेल र खेलाडी राष्ट्रको सम्पत्ति भएकाले यसको संरक्षणमा राज्यले तदारुकता देखाउँदै प्राथमिकतामा राखेर प्रोत्साहन गर्नुपर्ने बताउनुभयो । “खेल क्षेत्रलाई राज्यले प्राथमिकतामा राखेर खेलाडीलाई हौसला प्रदान गर्नुपर्छ उनले भने  “यहाँ राष्ट्रिय तथा अन्रराष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने प्रचुर सम्भावना छ, यसलाई संरक्षण गर्न आवश्यक छ ।

खेल क्षेत्रको विकासका लागि जिल्लामा आवश्यक पर्ने पूर्वाधार निर्माण गर्नुपर्ने भएमा आफ्नो तर्फबाट पहलकदमी रहिरहने उनले आश्वासन दिए । “खेलका कारणले ख्यातिप्राप्त मुलुक धेरै छन् ।

दक्ष खेलाडीहरू देशमा जीविकोपार्जन नभएर विदेशिनुपर्ने अवस्था छ, यसलाई रोक्ने वातावरण सिर्जना गर्नुपर्छ”, सांसद भण्डारीले भने । स्वास्थ्य, राष्ट्र र आत्मारक्षा, अनुशासन, शान्ति तथा सामाजिक अभियानका लागि खेलको महत्वपूर्ण भूमिका रहेकाले संरक्षण र संवर्द्धनमा सबैले समन्वय गर्नुपर्नेमा उनले जोड दिए।  रासस