१० बैशाख २०८२, बुधबार
April 23, 2025 Wednesday

30.27°C

काठमाडौं

30.27°C

Kathmandu

Feels-like: 28.68

Wind: 4.12

Humidity: 25

Latest
विद्यार्थीको अधिकारप्रति सचेत हुँदै शिक्षक आन्दोलनको स्वरुप परिवर्तन गर्न सिजपको आग्रह काश्मीरमा २६ जनाको हत्या गर्ने बन्दुकधारीको खोजीमा भारत प्रगतिशील प्राध्यापक सङ्गठनमा नयाँ नेतृत्व चयन सुनको मूल्य तोलामा एकैदिन ७५०० ले घट्यो भारतीय प्रधानमन्त्रीले नेपालका धार्मिक स्थलको प्रचार गर्छन्, हाम्रा प्रधानमन्त्रीहरुलाई मतलव छैनः उपसभापति गुरुङ कोशी राजमार्गको भोटखोला खण्ड अवरुद्ध परराष्ट्रमन्त्रीद्वारा कश्मिरमा भएको आतंककारी हमलाप्रति दु:ख व्यक्त पहिरोले अवरुद्ध नारायणगढ–बुटवल सडक खुल्यो घनश्याम भुसाललाई विष्णु रिमालको चुनौती– आफ्नै पार्टी ‘खत्रा’ बनाएर देखाए हुन्न ? अदालतको आदेशअनुसार तोकिएको समयमा नै महाधिवेशन हुन्छः शेष घले
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलाई छुन पाए हुन्थ्यो भनेर नागरिकले चाहना राख्ने गरेका छन्ः अध्यक्ष दाहाल



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले पार्टीप्रति आकर्षण हुनेको लर्को लागेको बताउनुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले शान्ति प्रक्रियामा आइसकेपछि तीन वटा चुनाव लडिसकेको र अहिले माओवादी केन्द्र नयाँ संश्लेषणमा र नयाँ शक्तिको रुपमा देशभर छाएको बताउनु भयो ।

उहाँले आफूलाई ०६४ मा जनताले छुन पाए हुन्थ्यो भन्ने आश गर्ने गरेजस्तै अहिले पुनः त्यस्तै अवस्था आएको बताउनु भयो । उहाँले आफूसँग तस्बिर खिच्न, आफूलाई छुन चाहनेहरु अहिले पनि देश दौडाहाका क्रममा बढिरहेको महशुस आफूले गरेको बताउनु भयो ।

अध्यक्ष दाहालले भन्नुभयो, ‘नेपालमा हाम्रो शान्ति प्रक्रियामा आइसकेपछि, दुई तीन वटा चुनाव लडिसकेपछि पहिलो पटक फेरि माओवादी आन्दोलन एउटा नयाँ संश्लेषणमा, एउटा नयाँ शक्तिको रुपमा देशभर नयाँ अवसरको मोडमा छ । तपाईंहरुले देख्नुभएको छ ।

पूर्वदेखि पश्चिम र दक्षिणदेखि उत्तर जहाँ गएपनि हाम्रो पार्टीप्रति ०६४ को जस्तै लगाव, उभार, आकर्षण देखेको छ । ०६४ मा कस्तो थियो, म जहाँ गयो त्यहाँ बुढाबुढी, युवा युवती, बच्चाबच्ची एक पटक छुन पाए हुन्थ्यो भन्ने थियो । त्यस्तो उभार थियो ।

बीचमा उस्तै उस्तै जस्तो भयो । सबै उस्तै रहेछन् भनेजस्तो भयो । अहिले होइन, माओवादी नै रहेछ हाम्रो पार्टी त भन्ने जनतामा फेरि भएको छ । म जहाँ गएको छु मलाई छुने, यसो हेर्ने, फोटो खिच्ने ०६४ को जस्तै देखेको छु ।’

अध्यक्ष दाहालले एक भएर अघि बढेको खण्डमा ०८४ माओवादीको हुने बताउनु भयो । माओवादीहरु देश परिवर्तनको संवाहक भएको उल्लेख गर्नुभयो ।