२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक गण्डकी प्रदेश विद्यालय क्रिकेट उपाधि नवलपुरको भीमसेन आदर्शले जित्यो भारत भ्रमणबारे राष्ट्रपतिलाई रवि लामिछानेको ब्रिफिङ यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ आर्थिक सङ्कट व्यहोर्दै हेटौँडा सिमेन्ट उद्योग
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक्सेल्सियर कपमा रेडियन्ट पब्लिक क्वाटरफाइनलमा



अ+ अ-

काठमाडौं । रेडियन्ट पब्लिक स्कुल ११ औं एक्सेल्सियर कपअन्तर्गत बास्केटबलको सिनियर गल्र्समा शनिबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

रेडियन्टले ग्यालेक्सी पब्लिक स्कुललाई २२–६ ले सहजै पराजित गरी समूह ‘डि’ को विजेता बन्यो । रेडियन्टकी दिब्यान्शा कार्कीले १८ अंक जोडिन् । ग्यालेक्सी पनि सोही समूहको उपविजेता हुँदै क्वाटरफाइनलमा पुग्न सफल भयो ।

सिनियर गल्र्सकै अर्को खेलमा एलआरआईले श्री नवीन ज्योतिलाई १५–५ ले हरायो । एलआरआईका रिडम भुजेलले ७ स्कोर गरिन् ।

सिनियर ब्वाइजको बास्केटबलमा एलआरआईले पुष्पसदनलाई ३३–३२, भ्याली भ्युले श्री नवीन ज्योतिलाई ४२–१९, न्यु जेनिथले ग्यालेक्सीलाई २१–१८ र ह्वाइटफिल्डले बेबी एन्जललाई १८–१६ ले पाखा लगाए । एलआरआईका र्‍युची श्रेष्ठले २४, भ्याली भ्युका गणेशबहादुरले १८, न्यु जेनिथका सैनिक महर्जनले ८ र ह्वाइटफिल्डका निश्चल अन्सारीले ७ अंक बटुले ।

फुटसल : एक्सेल्सियरको दोहोरो जित

एक्सेल्सियर कपको ब्वाइज फुटसलमा आयोजक द एक्सेल्सियर स्कुलले दोहोरो जित हात पारेको छ । एक्सेल्सियरको ‘रातो’ र ‘नीलो’ टोलीले यु–११ उमेरसमूहमा जित हात पारे ।

एक्सेल्सियर ‘रातो’ ले ग्रिनफिल्डलाई २–१ गोलले पराजित गर्‍यो । विजेताका दिशान्त कार्की र जम्बाला लामाले समान १–१ गोल गरे । ग्रिनफिल्डका रिसब गुरुङले १ गोल फर्काए । एक्सेल्सियर ‘नीलो’ ले जोन डेवीलाई ३–० गोलले हरायो । विजयी टिमका लागि आर्यन कटुवाल, रोनिश श्रेष्ठ र ओजस पाठकले समान १–१ गोल गरे ।

यु–११ कै अर्को प्रतिस्पर्धामा भने जोन डेवीले एलआरआईमाथि ६–० को सहज जित दर्ता गर्‍यो । जोन डेवीका रोनिश खड्काले ४ तथा प्रणाम भण्डारी र जने कार्कीले समान १–१ गोल गरे ।

यु–१६ मा रिब्सले एलआरआईलाई ५–२ गोलले पाखा लगायो । रिब्सका ब्लेस गुरुङ र रिसन लामाले समान २–२ तथा सम्रन गुरुङले १ गोल गरे । एलआरआईका समर राईले २ गोल गरे । यु–९ मा जोन डेवीले एक्सेल्सियरलाई ४–० गोलले पन्छायो । जोन डेवीका शुभवीर ब्लोनले ह्याट्रिक गरे भने रेनभ मल्लले १ गोल थपे ।