६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

उद्धार उडानको संख्या थप गर्ने सरकारको निर्णय, उद्धारका लागि काेष परिचालन

उद्धार उडानको संख्या थप गर्ने सरकारको निर्णय, उद्धारका लागि काेष परिचालन
अ+ अ-

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले अन्तर्राष्ट्रिय उडानको संख्या थप गर्न लागिएको बताउनुभएको छ । उपप्रधानमन्त्री, परराष्ट्र मन्त्री, पर्यटन मन्त्री र श्रम मन्त्रीको बीचमा भएको छलफल पछि प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री इश्वर पोखरेलबीचको उच्च स्तरीय परामर्शबाट अन्तर्राष्ट्रिय उडानको संख्या थप गर्ने समझदारी भएको बताउनुभएको छ ।

बिहीबार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै पर्यटन मन्त्री भट्टराईले कोभिड संक्रमण कम भएका मूलुकबाट पीसीआर नेगेटिभ भएका व्यक्तिलाई ल्याउन एयरलाइन्सहरुबाट माग भए अनुसार नियमित उडानको संख्या थप्ने समझदारी भएको बताउनुभयो । पीसीआर नेगेटिभ भएका यात्रु मात्र ल्याउने गरी नियमित उडान भएका मुलुकमा एयरलाइन्सले थप उडान माग गरेमा अथवा कुनै विदेशी कम्पनीले आफ्नै खर्चमा कादमारलाई नेपाल फर्काउन चाहेमा त्यसलाई प्राथमिकतामा राखेर उडान अनुमती प्रदन गरिने उहाँले बताउनुभयो ।

विदेशमा बेखर्ची भएर बस्नुपरेका नेपालीहरुलाई भने श्रम कल्याणकारी कोषबाट उद्धार गर्न श्रम मन्त्रालय र सम्बन्धित देशको नियोगसँगको समन्वयमा उडानको व्यवस्था गरिने पनि मन्त्री भट्टराईले बताउनुभयो ।नियमित उडानको संख्या बढाउँदा एयरलाइन्सहरुबिच प्रतिस्पर्धा बढ्न गई भाडादर घट्ने विश्वास समेत मन्त्री भट्टराईको छ । उहाँले अन्तर्राष्ट्रिय एयरलाइन्सका नीति नियमलाई समेत मान्नुपर्दा भाडादर नियन्त्रण गर्न नसकेको बताउनुभयो ।

सरकारले अन्तर्राष्ट्रिय निकायलाई पत्र पठाएर सचेत गराउँदा दुई देशबिचमा भएको हवाई सम्झौताको विवरण पठाएर नेपालले किन पत्र पठायो भन्ने आषयको प्रतिक्रिया आएको समेत बताउनुभयो । आइटा लगायतका अन्तर्राष्ट्रिय संस्थाहरुले समेत त्यसमा आपत्ति जनाएको मन्त्री भट्टराईको भनाई छ ।