१७ असार २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना भाइरसबाट नेपालमा थप ५ जनाको मृत्यु



अ+ अ-

काठमाडौं । कोरोना भाइरस (कोभिड—१९) बाट नेपालमा थप ५ जनाको मृत्यु भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ महिला र ४ पुरुषको कोरोनाबाट मृत्यु भएको हो । काठमाडौंमा मात्रै एकमहिला सहित ३ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । काठमाडौंमा ५५ वर्षिया महिला, ५९ र ८३ वर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको हो । 

यस्तै चितवनमा ६२ वर्षिय पुरुष र कपिलवस्तुमा २९ वर्षिय पुरुषको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय १७ पुगेको छ ।