६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

ढोरपाटनका बाढी पीडितलाई व्यवस्थित एकीकृत बस्ती निर्माण गरौं

ढोरपाटनका बाढी पीडितलाई व्यवस्थित एकीकृत बस्ती निर्माण गरौं
अ+ अ-

भाद्र १७ गते साँझैबाट सिम सिम पानी परिरहेपनि अब बर्खा  सकिदै गएको ठानेर भुजिखोला आसपास भुसुण्डे,दुनेपोखरा,लाकुरीबोट,सुकुरदुँग,दुने पँधेरा, घट्टबोट लगायत बस्तीका घर परिवार राती ११/३० बजे सबै मस्त निद्रामा थिए। उनीहरु ननिदाउँदा सम्म भुजिखोलामा बग्ने पानीको प्रवाहा बर्षै सम्म देखि सुन्दै आएको जस्तै खलखल बगिरहेको थियो।अतस्कसैले सोचेको थिएन,आडमा बग्दै आएको छिमेकि खोलाले बेइमान गर्छ,दर्जनौको ज्यान लिन्छ,सिरन देखि पुछार सम्मका बस्तीहरुको उिबास पार्छ र अरबौको क्षति गर्छ भनेर। पहिलो प्रहरको मस्त निद्रामा रहेका बेला राती ११:३० बजे सधै आफुहरुलाई चिसो पानी र ताजाहावा दिँदै भुजिखोलाले एक्कासि  दैवी रुप लियो र क्षणभरमै आसपासका बस्तीहरु केही लाई बगर बनायो र कौयौलाई चिथोर्दै लग्यो, ३८ जनाको ज्यान लयो।

जसमा १९ जनाको लास प्रायको अँग(भँगको अवस्थामा बडीगाढ खोला सम्म फेला पर्दै छ। त अझै १९ जना बेपत्तानै छन्।तिनका आफन्तहरु लास सम्म त फेला पर्छ कि भनेर खोलाका तीरतीर गुल्मीको मिर्मी सम्म खोजि कार्य जारी  गरिरहेका छन्।यसरी मानवीय क्षति हुनुको साथै ८० घर पूर्ण नष्ट भएका छन्,५१ घरमा आँशिक क्षति पुगेको छ।त्यस्तै एक स्वास्थ  चौकी,दुई विध्यालय,११ वटा झोलुँगेपुल, १० वटा काठेपुल,५ वटा ढलान कुलो र ११ वटा लघुविधुत योजनामा क्षति पुगेको छ ।अहिले ढोरपाटन ७,८ र ९ वडाका कैयौ स्थानमा विधुत सेवा अवरुद्द छ र सँचार सेवा पनि यहाँ नियमित हुन सकेको छैन।बुर्तिबाँग-ढोरपाटन सडकमा पनि ठाँउठाँउमा क्षति पुगेको छ।

पाँच वर्ष अगाडि नै यी बाढी प्रभावित बस्तीहरुलाई जोखिमयुक्त ठाँउ भनेर पहिचान भैसकेको भएपनि कसैले वास्ता गरेका थिएनन्। विकासका नाममा जाने बजेटको ठुलो खर्च हिउँदे  डोजर आतँकको विकासे कामबाट यो क्षेत्र पनि अछुतो रहने कुरा भएन। ढोरपाटा शिकार आरक्षण  प्रवेश मार्गका रुपमा रहेको देउराली पहाडमा पनि मोटरबाटो यत्रतत्र खनिएकै थियो।त्यही मोटरबाटोमा पहिरो आएर ढोरपाटन-९ भुजिखोलाको सिरनमै खोला थुनियो।र ताल बन्यो। त्यही ताल परेको पानी एकै पटक खुल्दा यस खालको विनास निम्तिएको मानिएको छ।

उद्दार कार्यमा राज्य,राजनीतिक पार्टी र सँघसँस्थाहरु घटनाको भोलि पल्ट विहानै देखि नेपाल प्रहरी,शशस्त्र,सेना र स्थानीय जनप्रतिनिधि उद्दार कार्यमा खटिएका थिए।दिउसो प्रदेश साँसद खिम विक्रम,राजमोका गौरिश्वर पण्डे सहितको टोली,नेपाली काँग्रेसका जीत शेर्चन र दोर्ण कुँवरको टोली र पर्सि पल्ट गृहमन्त्रि राम बहादुर थापा,सँघीय साँसद देवेन्द्र पौडेलको टोली यहाँ आएर बाढी(पीडितलाई सान्तोना र प्रारम्भिक मानवीय सहयोग गरेका थिए।गृहमन्त्रि थापाले क्षति पुगेका घरहरुलाई राज्यले पुनर्निर्माण गर्ने बताएका थिए।त्यस्तै प्रदेश मुख्यमन्त्रि पृथ्वीशुब्बा गुरुँगले घटना स्थालको निरिक्षण गर्दै सनाखत भएका १३ घर परिवारलाई जनही ५०र५० हजारका दरले नगद राहत उपलब्ध गराएका थिए।उनले नगर पालिकाले जग्गा उपलब्ध गराए  सँघ र प्रदेश मिलेर एकीकृत बस्ती निर्माणमा पहल गर्ने बताएका थिए।

राजमो जिल्ला अध्यक्ष अमर थापा र प्रदेश साँसद खिम बिक्रम शाहीको टोली घट्नास्थल पुगेर मृतक र बेपत्ता भएका २१ परिवारलाई जनही ५र५ हजारका दरले र विस्थापित ९६ परिवारलाई जनही २,२ हजारका दरले तत्काल नगद राहत सहयोग गरको छ। नेपाली काँग्रेसले ७५ घर परिवारलाई त्रिपाल,खाध्यन्न र नगद सहयोग गरेको छ।त्यस्तै राष्ट्रय लोक दोहोरी प्रतिष्ठान,बागलुँग,नेपाल रेडक्रस सोसाईटी,लायन्स क्लब बाग्लुँग लगायत सँघ सँस्थाहरुले त्रिपाल,खाध्यन्न,लत्ता कपडा आदि सहयोग गरिरहेकाछन्। आजै मात्र नेकपा जिल्ला पार्टी बाग्लुँगका अध्यक्ष इन्द्रलाल सापकोटा सहितको टोलीले ढोरपाटन नगरपालिकाले स्थापना गरेको दैवीप्रकोप राहतकोषमा जम्मा हुनेगरी १९ लाख,५८ हजार ७५६ को चेक मेयर देव कुमार नेपालीलाई हस्तान्तरण गरेको छ।त्यस्तै विदेशमा रहेका गोल्कोट समाज जापान,हँगकँग बाग्लुँग समाज,गल्कोट समाज यू।के लगायतले पनि सहयोग सँकलन गरिरहेको बताएका छन्।

सहयोगि मनहरुले जुटाएको सम्पूर्ण सहयोग रकम व्यवस्थित एकीकृत बस्ती निर्माणमा लगाएर दिर्घकालिन समस्य समाधान गर्न सक्यो भने ढोरपाटन बाढीपीडितको स्थाई उद्दार हुनेछ। सहयोग रकमको पारदर्शीता,एकद्वार प्रणाली,सही वयवस्थापन र निस्वार्थ सेवाभाव भयो भनेमात्र यी कार्यहरु पुरा हुनेछन्। (अधिकारी राजमोका नेता हुन्)