२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंका यी ठाउँमा आजदेखि विद्युत अवरूद्ध हुने



अ+ अ-

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले काठमाडौंको केही क्षेत्रमा आज एक घण्टादेखि पाँच घण्टासम्म बिजुली काट्ने भएको छ ।

नेपाल विद्युत प्राधिकरणका अनुसार बलम्बु वितरण केन्द्रको दुईटा फिडर र जोरपाटी वितरण केन्द्रको एउटा फिडर अन्तर्गतका क्षेत्रहरूमा विद्युत अवरूद्ध हुने भएको हो ।

बलम्बु वितरणको केन्द्रको मातातीर्थ फिडर अन्तर्गत पर्ने मातातीर्थ क्षेत्रमा बिहान ११ बजेदेखि १२ बजेसम्म विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ । सडक चौडा गर्ने काममा नयाँ ट्रान्सफर्मर निर्माण गर्नुपर्ने भएकाले बिहान एक घन्टा विद्युत अवरूद्ध हुने भएको हो ।

बलम्बु वितरण केन्द्रकै सतुंगल फिडर अन्तर्गत पर्ने कन्चन गेट, बोसीगाउ, बौथली, सतुङल चोक एरियामा भने बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ।

त्यस्तै जोरपाटी वितरण केन्द्रको मुलपानी फिडर अन्तर्गत पर्न मुलपानीचौर , थली, थापाचोक, लक्ष्मीनारायण चोक, चापाबोट, देवधारा, मनकामना माइ मन्दिर, मुलपानी खहरे, डुमाखाल, बाबाचोक क्षेत्रमा बिहान १० देखि १२ बजेसम्म विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ।