७ पुष २०८२, सोमबार
,
Latest
विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु)
तपाईं के खोज्दै हुनुहुन्छ ?

विराट अन्तर्राष्ट्रिय भेट्रान गोल्डकपको फाइनल आज



अ+ अ-

मोरङ। विराट अन्तर्राष्ट्रिय भेट्रान गोल्डकपका फाइनल खेल आज हुने भएका छन्।

मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित चौथो विराट भेट्रान गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनल खेलमा आयोजक टोली बिराट भेट्रान ए र बी आमने सामने हुने भएका छन् ।

शुक्रबार नगरको  सुकुना खेलमैदानमा भएको पहिलो सेमिफाइनलमा विराट भेट्रान एले दुधे भेट्रान, झापालाई १–० ले हराउँदै फाइनलको यात्रा तय गरेको छ  । दोस्रो सेमिफाइनलमा विराट भेट्रान बीले पूर्वाञ्चल भेट्रान, झापालाई २–१ ले हराउँदै उपाधि नजिक पुग्न सफल भएको हो ।

विराट भेट्रान क्लब, मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद एक लाख एक हजार १११ रुपैयाँ हात पार्नेछ। उपविजेताले ५० हजार ५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । गोल्डकपमा स्वदेशका ८ तथा विदेशका २ गरी भेट्रान टिमको सहभागिता रहेको छ।