८ श्रावण २०८३, शुक्रबार
,
Latest
भाइरल भिडियोबारे बब्लु गुप्ताको स्पष्टीकरण, ‘गल्ती भएको भए क्षमा चाहन्छु’ सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट रास्वपाका सांसदहरूको स्वकीय सचिव नियुक्तिका लागि मापदण्ड सुनचाँदीको मूल्य घट्यो विद्युत् मर्मतका क्रममा करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी निर्यात प्रवर्द्धनका चुनौतीबारे प्रधानमन्त्री शाहले उद्योगीसँग छलफल गर्ने एचसीसीएनको डीनमा सुरज वैद्य निर्वाचितः आर्थिक कुटनीति र लगानी प्रवर्द्धनलाई प्राथमिकता दिने घोषणा आर्थिक कुटनीति र वैदेशिक लगानी अभिवृद्धिमा सक्रिय हुन अवैतनिक वाणिज्यदुतहरूलाई परराष्ट्रमन्त्रीको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘एचपीभी’ खोप ढुक्कसँग लगाउनुहोस्, यसले असर गर्दैन’



अ+ अ-

कास्की। कास्कीको अन्नपूर्ण गाउँपालिका–२ स्थित माछापुच्छ्रे माविमा कक्षा ८ मा अध्ययनरत छात्रा सजिना विकलाई (पाठेघरको मुखको क्यान्सर विरुद्धको (एचपीभी खोपं) लगाउँदा कुनै समस्या हुने हो कि भन्ने डर मनभित्र थियो तर खोप लगाएपछि त्यो डरपूर्ण रूपमा हट्यो ।

छात्रा विकले अन्य साथीलाई पनि ढुक्कसँग खोप लगाउन सल्लाह दिँदै हिडिन् । माछापुच्छ्रे माविमा सजिनासँगै अध्ययनरत अन्य छात्रा खोप लगाउन अगाडि डराइरहेका थिए । त्यसो त उक्त विद्यालयका छात्रालाई खोप लगाउन खटिएकी स्वास्थ्यकर्मी एकमाया आचार्यले छात्रालाई सम्झाइ राखेकी थिइन्, ‘खोप लगाउँदा कमिलाले टोके जति नै दुख्दैन, ढुक्कसँग लगाउनुहोस् यसले कुनै असर पनि गर्दैन ।’

यो खोपले महिलामा हुने पाठेघरको मुखको क्यान्सर ९८ प्रतिशतले रोक्ने स्वास्थ्यकर्मी आचार्यले छात्रालाई भन्दै थिइन् । यो खोप १० देखि १४ वर्ष उमेर समूहका छात्रालाई देशैभरी लगाउनेकार्य भइरहेको छ ।

माछापुच्छ्रे माविकै कक्षा ८ मा अध्ययनरत छात्रा इन्द्रा न्यौपानेलाई पनि सजिनाजस्तै खोप लगाउनु अगाडि डर थियो तर लगाएपछि डर हट्यो, खोपको अनुगमन गर्न त्यहाँ पुगेका गण्डकी प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले छात्रालाई भन्दै थिए, ‘खोप ढुक्क भएर लगाउनु यसले कुनै असर गर्दैन, खोप गुणस्तरीय पनि छ ।’

नेपालमा धेरै महिला पठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने गरेको तथ्याङ्कले देखाएको छ, विकसित राष्ट्रमा १०औं वर्षदेखि यो खोप नियमित लगाउने गरेका छन्। नेपालमा पनि यस वर्षदेखि सुरु भएको छ ।